स्वस्थ शिशु प्रतिस्पर्धा साउनमा

Healthy Babuकाठमाडौँ, २१ असार । दैनिक ६० देखि ६५ बालबालिका जन्मने थापाथलीस्थित परोपकार प्रसूति गृहले आगामी कृष्णाष्टमीमा ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ को आयोजना गर्ने भएको छ ।

यसका लागि एक वर्षभित्र सोही अस्पतालमा जन्मेका बालबालिकाका अभिभावकले आजदेखि आवेदन दर्ता गर्न सक्ने व्यवस्था अस्पताल प्रशासनले मिलाएको छ । अस्पतालको ५७औँ वार्षिकोत्सवका अवसरमा कार्यक्रम गरी सबैभन्दा स्वस्थ बच्चा र आमालाई पुरस्कृत गरिनेछ ।

उक्त प्रतिस्पर्धामा सहभागिता जनाउन गर्भावस्थादेखि नै अस्पतालमा नियमित जाँच र खोप लगाएको हुनुपर्ने, जन्मेदेखि नै लगाउनुपर्ने खोप नियमित गर्दै आएको हुनुपर्नेजस्ता नियम छन् ।

उक्त कार्यक्रमका संयोजक राजु वैष्णवका अनुसार बालबालिकाका उमेरअनुसार तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइन्छ । सोअनुसार जन्मेदेखि ४५ दिनसम्मको एक समूह, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्मका बालबालिकाको तौल, खोप लगाएको विवरण लगायतलाई आधार मानी क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिन्छ ।

आवेदन आगामी साउनको १९ गतेसम्मका लागि खुला गरिएको छ । अस्पतालले ५४ वर्षदेखि उक्त कार्यक्रमको आयोजना गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter