नदी कटानले दुईसय घर उच्च जोखिममा

Landslideचौतारा, २२ असार । चीनको सीमा नदी भएर बहने सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति आएको बाढीले तातोपानी गाविसको २० वटा पक्की घर बगाउनुको साथै २०० घर उच्च जोखिममा रहेका छन् ।

तातोपानी गाविसको १० किलोको लार्चादेखि लिपिङसम्म करिब २०० घर नदी कटानले गर्दा उच्च जोखिममा रहेको सीमा प्रहरी कार्यालय लार्चाका प्रहरी निरीक्षक खुमलाल भुसालले बताउनुभयो ।

नदी कटानले बाह्रबिसे–तातोपानी सडकखण्डमा पर्ने अरनिको राजमार्गको कोदारीमा ५० मिटर पक्कीसडक कटान गरिसकेको र कटान गर्ने क्रम क्रमशः बढ्दै गएको छ ।

तातोपानीस्थित मानसरोवर बोर्डिङ स्कुल बगाएको छ भने माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाको १० किलोस्थित बाँध (ड्याम) ५० प्रतिशत बगाइसकेको सीमा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पानी पर्ने क्रम नरोकिएको हुँदा नदी कटानले सडक तथा घरलाई अझ बढी क्षति पु¥याउन सक्ने प्रनि भुसालले बताउनुभयो ।

बाह्रबिसे आसपासमा भने बिहानको तुलनामा अहिले नदीको अवस्थामा सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताउनुभयो ।

बाढीले जुरे पहिरोको सडक कटानका साथै लेदो माटोले सडक अवरुद्ध पु¥याएपछि बाह्रबिसेदेखि तातोपानीसम्मको यातायात ठप्प भएको छ ।

त्यसैगरी तातोपानी भन्सारको क्यान्टिन र दुईवटा ट्रिपर बगाएको छ । जम्बोस्थित अरनिको राजमार्गको ५० मिटर सडक कटान गरेको र ठाउँठाउँमा पहिरोले क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताउनुभएको छ ।

गएराति १० बजे एक्कासि नदीको वहाब बढ्न गएकोले बाह्रबिसेमा रहेको कुखुरा फर्म तथा प्लाइ फर्म, ब्लक उद्योग र जाली बुन्ने उद्योग डुबानमा परेको छ ।

त्यस्तै बाह्रबिसेको मोटर ग्यारेजबाट टाटासुमो एक र जिप एकसमेत बगाएको छ । हालसम्म मानवीय क्षति नभएको र भोटेकोसी नदीको पानीको सतह सामान्य अवस्थाको भन्दा करिब डेढ मिटर जति बढिरहेको प्रमुख जिल्ला अधिकारी दुवाडीले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter