महामन्त्री कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार

Shasankकाठमाडौँ, २३ असार । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाका स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा क्रमशः सुधार आएपछि आज अपराह्न ३ बजेपछि उहाँलाई सघन उपचार कक्ष (आइसियु) मा राखिएको छ ।

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन ओम अस्पतालमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा उपचारमा संलग्न चिकित्सक डा लव जोशीले भन्नुभयो, “अहिले उहाँ आफैँ श्वास लिइरहनुभएको छ र पूर्ण होसको अवस्थामा हुनुहुन्छ ।” महामन्त्री कोइरालालाई कुनै सङ्क्रमण नहोस् भनेर अस्पतालले आइसियूभित्र चिकित्सकबाहेक अन्यलाई जान बन्देज लगाएको छ ।

उहाँको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भए पनि अझै खतरामुक्त भन्न नमिल्ने डा जोशीको भनाइ थियो । मङ्गलबार साँझ श्वासप्रश्वासमा केही समस्या देखिएपछि डा कोइराला ओम अस्पतालमा भर्ना हुनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter