पहिरो खसेर तमोर नदी थुनियो, बस्ती जोखिममा

Tamor Landslideताप्लेजुङ, २६ असार । ताप्लेजुङको सावादिन गाविस–१ मा पर्ने मित्लुङ भन्ने भिरबाट पहिरो खसेर तमोर नदी थुनिएपछि तल्लो तटीय क्षेत्रका तीन वटा बजार जोखिममा परेका छन् ।

बिहान करिब २ बजेतिर माथिबाट पहिरो खसेर नदी थुनिएपछि नजिकैको मित्लुङ बजार, दोभान बजार, हान्द्रुङलगायतका तल्लो तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् भने स्थानीयवासी बाढी आउने खतराले त्रसित भएका छन् । सो क्षेत्रबाट अझै पनि पहिरो खस्न सक्ने सम्भावना रहेकाले थप खतरा रहेको स्थानीयवासीले बताएका छन् । अहिले थुनिएको नदीले केही भाग कटान गरी पानी बगिरहेको भए पनि खतरा कायमै रहेको जनाइएको छ ।

यता नदी थुनिएको खबर पाउनासाथ प्रहरीको टोली सो क्षेत्रमा पुगिसकेको छ भने यहाँस्थित नयाँ रणभीम गुल्मबाट नेपाली सेनाको टोली पनि जाने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले बताएको छ ।

यस्तै तमोर नदी आसपासका स्थानीयवासीलाई सतर्क रहनसमेत आग्रह गरिएको प्रहरीले जनाएको छ ।

विगतको तुलनामा नदीमा पानीको बहाव पनि बढेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ । यता सो क्षेत्रमा रहेको जीवन लाबुङ र दिलबहादुर लाबुङका दुई वटा घर डुबानमा परेका छन् भने जीवन लाबुङकै एक हल गोरु नदीले बगाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter