सुशासन समितिमा : अनुशासनको प्रश्न

Parliamentनारायणप्रसाद न्यौपाने / काठमाडौँ, २७ असार । अनुगमन तथा सुशासन समितिमा पूर्वपदाधिकारीको सेवा सुविधा र सुरक्षासम्बन्धी गम्भीर एजेन्डामा छलफल भइरहेका बेला ‘साइड टक्’ बढेपछि सभापति मोहनसिंह राठौरले भन्नुभयो – “बैठकको मर्यादा, शिष्टाचार र अनुशासनमा माननीय सदस्यको ध्यान पुगोस् ।”

विद्यालयस्तरका तल्ला कक्षाहरुमा पठनपाठन भइरहेका बेला स–साना बालबालिकाको गुञ्जन बढेपछि शिक्षक शिक्षिकाले हल्ला नगर है भनेर सम्झाउनुलाई स्वभाविक रुपमा लिन सकिए पनि सुशासन समितिका सभापतिले बैठक चलिरहेका बेला सदस्यहरुलाई साइड टक् नगरौँ भन्ने परिस्थिति उब्जनु भनेको पक्कै पनि शोभनीय विषय होइन ।

महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिक समितिका सभापति रञ्जुकुमारी झा भन्नुहुन्छ–“सदनदेखि समितिसम्म साइड टक् गर्ने, मोबाइलमा कुरा गर्ने र फेसबुक चलाउने ‘रोग’ लागेको देखिन्छ, समितिको बैठकमा आफूले यो विषयमा सदस्यहरुलाई पटकपटक रुलिङ गरेको छु ।’’

सदनभित्र गम्भीर विषयमा छलफल भइरहँदा बाहिर चौरमा घन्टौँ गफ गरेर समय बिताउने तथा समितिका महत्वपूर्ण छलफल र बहसलाई बेवास्ता गरी महत्वपूर्ण काम छ भनेर बाहिर निस्कने प्रवृत्तिको पनि सर्वत्र आलोचना हुँदै आएको छ ।

सांसद मिलनकुमारी राजवंशी भन्नुहुन्छ–“एउटा माननीयले अर्काे माननीयलाई नियन्त्रण गर्नै गाह्रो विषय हो, आफैँमा उदाहरणीय र अनुसाशित बन्नुपर्ने सुशासन समितिका सदस्यहरुले यो विषयलाई अलि बढी मनन गर्नुपर्ने आवश्यकता देखेकी छु ।

विगतको संविधानसभा होस् वा हालको व्यवस्थापिका–संसद्का धेरै बैठकहरु न्यूनतम सङ्ख्यामा सांसदहरु उपस्थित नभएका कारण पटकपटक स्थगन गर्नुपरेका थिए ।

संविधान निर्माणका बेला होस् वा विनियोजन विधेयकमाथिको छलफलमा नै किन नहोस् संसदका बैठकमा सांसदको निरन्तर उपस्थिति सन्तोषजनक नदेखिने, उपस्थित भइहाले पनि हाजिर गरेर निस्किहाल्ने तथा त्यहाँ केहीक्षण रहँदा पनि अरुले बोलेका कुरा सुन्ने र विषयवस्तुलाई नजिकबाट बुझ्ने धैर्यता गरेको देखिन्न ।

सभापति राठौर भन्नुहुन्छ – “यस्ता काम सर्वथा अनुचित हुन्, जनताका प्रतिनिधि हामी जिम्मेवार पदमा पुगेका छौँ, जनताले धेरै अपेक्षा गरेका छन्, त्यसखालको गम्भीरता कतिपय सदस्यमा देखिँदैन, विषयमा केन्द्रित रहेर छलफल गरेनौँ, एकअर्काको कुरा सुनेनौँ, अर्काको कुरा काटेर समय बितायौँ भने एउटा सामान्य शिष्टाचारको हिसाबले पनि बेठीक हो ।”

आइतबारको सुशासन समितिको बैठकमा झन्डै १० पटक सभापति राठौरले आफूलाई प्रदान गरिएको समयमा मात्र बोल्न तथा विषयवस्तुमा केन्द्रित हुन र अरु गफमा नअल्मलिन सदस्यहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठक चलिरहेका बेला निर्धक्कसँग मोबाइल र एकापसमा कुरा गरिरहेको तथा आफ्ना कुरा राख्ने अनि फुत्तफुत्त बाहिर निस्कँदै गरेको देखिनुले पनि सदनको ओज बढाउने र त्यहाँ हुने बहसलाई पक्कै पनि गहन तुल्याउन योगदान पुग्दैन ।

‘‘विषयको गाम्भीर्यता र अरु सदस्यहरुले उठाएका विषयलाई एकाग्र र दत्तचित्त भएर सुन्ने गर्नुपर्नेमा कतिपयले ध्यान नदिएको जस्तो अनुभूति भएर नै आफूले बेलाबेलामा बैठकमा रुलिङ गर्नुपरेको कारण हो’’ सभापति राठौर भन्नुहुन्छ ।

सदन होस् वा समितिमा जनप्रतिनिधिको नाताले सांसदहरुले त्यहाँ उठेका विषयवस्तु ध्यानपूर्वक सुन्ने अनि संसदीय मर्यादाभित्र रहेर सुझबुझका साथ शिष्टाचार, मर्यादा कायम गर्दै इमान्दार ढङ्गले प्रस्तुत हुने पद्धतिको विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter