प्रधानन्यायाधीश कार्कीद्वारा पदभार ग्रहण

 

CJ Karkiकाठमाडौँ, २७ असार । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथलगत्तै आजै पदभार ग्रहण गर्नुभएको छ ।

सर्वोच्च अदालतमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो कार्यकालमा संविधान र कानुनको अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संविधानसँग बाझिएका कानुन संशोधन गर्न आदेश जारी गर्ने काम यसअघि पनि गर्दै आएको बताउँदै उहाँले आफ्नो प्राथमिकता संविधान कार्यान्वयन हो भन्नुभयो ।

प्रधानन्यायाधीश सुशीला कार्कीले भन्नुभयो – “आफ्नो कार्यकालको ठूलो चुनौती प्रदेशअनुसार उच्च अदालतको निर्माण गर्नु हो । १६ पुनरावेदन अदालतका मुख्य न्यायाधीशलाई कसरी मिलाउने भन्ने समस्या छ ।”

उहाँले धनी र हुनेखाने वर्गका लागि मात्र नभएर सीमान्तकृत र पछाडि परेका निमुखा जनतासम्म न्याय पु¥याउन न्यायमा पहुँच आयोग गठन गरेको उल्लेख गर्नुभयो ।

प्रधानन्यायाधीश कार्कीले सबैमा सहज र सरल रुपमा न्याय सेवा पु¥याउन बाहिरका जिल्लाबाट पनि तारिख लिन सक्ने व्यवस्था मिलाएको र द्रुत र निरन्तर सुनुवाइका लागिसमेत पहलकदमी लिन बताउनुभयो ।

आगामी दिनमा फैसला कार्यान्वयनमा बढी जोड दिने पनि उहाँले बताउनुभयो ।

फैसला कार्यान्वयनकै सन्दर्भमा प्रधानन्यायाधीश कार्कीले भन्नुभयो – “तपार्इंले माओवादीका बालकृष्ण ढुङ्गेलको कुरा गर्नुहुन्छ होला । उहाँलाई न्यायाधीशले थुन्ने होइन, पुलिसले थुन्दैन ।”

आगामी दिनमा कागजविहीन अदालत बनाउने तयारी भइरहेको हुनाले त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन लैजाने र अदालतमा तिर्नुपर्ने रकम पनि बैंकमार्फत तिर्ने व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । उहाँ ११ महिना पदमा रहनुहुनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter