प्रम कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद सुरु, नीर र जीवनको जोडी फाइनलमा

National Sports Councilकाठमाडौँ, २७ असार । नीरविक्रम देवकोटा र जीवन आचार्यको जोडी प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनको पुरुष युगलतर्फ आज फाइनलमा प्रवेश गरेका छन् ।

त्रिविको उक्त जोडीले पहिलो सेमिफाइनलमा पूर्वाञ्चल विश्वविद्यालयका लोचनराज न्यौपाने र डेनी खत्रीको जोडीलाई २१–३ र २१–११ बाट लगातार पराजित ग¥यो । महिला डबल्समा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका गङ्गा विष्ट र हेमा जोशीको जोडीले पूर्वाञ्चल विश्वविद्यालयका अञ्जु सुवेदी र नीता पोखरेलको जोडीलाई २१–१५ र २१–५ बाट लगातार हराउँदै फाइनलमा स्थान पक्का ग¥यो ।

पुरुष एकलमा नीरविक्रम, जीवनसहित काठमाडौँका विश्वविद्यालय (केयु)का रिकेश श्रेष्ठ र भूपेन्द्र गिरी सेमिफाइनलमा पुगे । सोही स्पर्धाको महिलामा गङ्गा लगायत कृषि तथा वन विज्ञान विश्वविद्यालयका अस्मिता सुवेदी र सोनिया गुरुङ तथा केयुकी ज्ञानु गिरीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा त्रिवि र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा त्रिविले सुदूरपश्चिमाञ्चललाई २६–२४, २५–१३, १८–२५, १९–२५ र १८–१६ को सेटमा पराजित ग¥यो । मध्यपश्चिमाञ्चलले केयुलाई २५–२३, २५–१९ र २५–२३ को सोझो सेटमा हरायो ।

त्यसैगरी पुरुष बास्केटबलमा केयु र त्रिविले सफलता हात पारे । त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्ड हलमा केयुले कृषिलाई ७०–२५ तथा त्रिविले पूर्वाञ्चललाई ५०–३५ ले निरास पारे । साथै लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको टेबलटेनिसको पुरुष एकलमा केयुका अविन प्रजापति, कृषिका अनिश शाक्य, पूर्वाञ्चलका प्रवेश न्यौपाने तथा केयुका सुजन पन्तले सेमिफाइनल यात्रा तय गरे । उक्त स्पर्धाको महिलामा केयुकी दीपिका श्रेष्ठ, सुदूरपश्चिमाञ्चलकी देवकी भट्ट, केयुकी रेज्सा कोटेजा तथा कृषिकी निशा श्रेष्ठ सेमिफाइनलमा पुगे ।

प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले आजै उद्घाटन गर्नुभयो । सो अवसरमा राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा, राखेप सदस्य एवम् प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक गङ्गाबहादुर थापा, राखेप खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख एवम् समितिका सचिव प्रकाशचन्द्र घिमिरेले विश्वविद्यालय खेलकुद प्रतियोगिताको विविध पक्षबारे प्रकाश पारेका थिए ।

तीनदिने प्रतियोगितामा पाँच खेलमा आठ विश्वविद्यालयका २०७ खेलाडी सहभागी छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter