चार सष्टालाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार’

 

government logoकाठमाडौँ, २८ असार । यस वर्षको ‘राष्ट्रिय प्रतिभा पुरस्कार–२०७३’ प्राडा कृष्णबहादुर थापा, विष्णुभक्त फुयाँल, अजितकुमार साह, सरोज ओलीलाई प्रदान गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले यस वर्षको सो पुरस्कार संस्कृत विधातर्फ थापा, सङ्गीत तथा नाट्य विधातर्फ फुयाँल, भाषा तथा साहित्य विधातर्फ ओलीलाई प्रदान गर्न लागेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो । सो चार विधामा पुरस्कृत हुने प्रत्येक सष्टालाई रु एक लाख र सम्मानपत्र प्रदान गरिनेछ ।

त्यस्तै, यसवर्षको क्षेत्रीय प्रतिभा पुरस्कार संस्कृति विधामा पूर्वाञ्चलबाट डा देवी दुलाल (इलाम), माध्यमाञ्चलबाट डा गोपालभक्त धोवञ्जा (काठमाडौँ), मध्यपश्चिमाञ्चलबाट डा राजकुमार सुवेदी( बाँके) र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट डा खगेन्द्र घोडासैनी (अछाम) रहनुभएको छ ।

त्यस्तै, सङ्गीत तथा नाट्य विधामा पूर्वाञ्चलबाट कृष्ण साह यात्री (उदयपुर), माध्यमाञ्चलबाट गीता थापा (काठमाडौँ), पश्चिमाञ्चलबाट रामभक्त जोजिजु (कास्की), मध्यपश्चिमाञ्चलबाट विष्णुबहादुर थापा (बर्दिया) र सुदूरपश्चिमाञ्चलबाट शङ्करसिंह विष्ट (दार्चुला) रहनुभएको छ ।

त्यस्तै, ललितकला विधामा पूर्वाञ्चलबाट अनुराधा थापा (मोरङ), माध्यमाञ्चलबाट सुरेश प्रधान (काठमाडौँ), पश्चिमाञ्चलबाट मन गोल्डी (रुपन्देही), मध्यपश्चिमाञ्चलबाट सागर शाह (सल्यान) र सुदूरपश्चिमाञ्चलबाट भोजबहादुर ऐर (कैलाली) रहनुभएको छ ।

त्यस्तै, भाषा तथा साहित्य विधामा पूर्वाञ्चलबाट चर्तुर्भूज्लालदास केवरत (मोरङ), माध्यमाञ्चलबाट रेवतीरमणलाल दास (जनकपुर), पश्चिमाञ्चलबाट सन्तु श्रेष्ठ (बाग्लुङ), मध्यपश्चिमाञ्चलबाट पृथ्वीबहादुर सिंह (सुर्खेत) र सुदूरपश्चिमाञ्चलबाट रामलाल जोशी (कैलाली) रहनुभएको छ ।

क्षेत्रीय प्रतिभा पुरस्कार पाउने सष्टालाई रु ५० हजार र सम्मानपत्र प्रदान गरिनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter