विधेयक सहमतिमै पारित हुने सभामुखको विश्वास

Speaker Ghartiकाठमाडौँ, २९ असार । सभामुख ओनसरी घर्तीले बजेटसँग आश्रित विधेयक राजनीतिक दलकोे सहमतिमा पारित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका सन्दर्भमा बजेट आश्रित विधेयकको प्रक्रिया अघि बढाउने कि नबढाउने भन्ने सन्दर्भमा दलसँग सहमति हुन नसकेर संसद्को आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि पत्रकारसँग कुरा गर्दै सभामुख घर्तीले दलबीच सहमतिका लागि अधिकतम प्रयास भइरहेको र सहमतिमै आश्रित विधेयक पारित हुने बताउनुभयो ।

“राष्ट्रिय सवाल र जनताका साझा विषयमा सबै एक ठाउँमा हुनुपर्छ, दलको पनि सल्लाहबाटै विधेयक पारित गर्ने मनसाय र प्रयास रहेको सन्दर्भमा हामीसँग अझै समय रहेकाले उक्त समयभित्रै बाँकी आश्रित विधेयक सहमतिकासाथ पारित गर्न दललाई आग्रह गरेको छु”– उहाँले भन्नुभयो ।

सरकार बनाउने प्रक्रिया चलिरहने भए पनि बजेट भनेको नियमित प्रक्रिया भएकाले यसलाई नरोक्न आफूले दललाई आग्रह गरेको उल्लेख गर्दै सभामुख घर्तीले संसद्मा अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि विधेयक पारित गर्नेबारेमा संसद् नियमावली स्पष्ट नभएकाले यसका लागि विगतका परम्परा र सहमतिबाटै निर्णयमा पुग्नुपर्ने धारणा राख्नुभयो ।

सभामुख घर्तीले विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउने छलफलका क्रममा यसलाई आजै पारित गर्नुपर्ने वा अविश्वासको प्रस्ताव दर्ता भइसकेको सन्दर्भमा गर्न नहुने भन्ने दलको फरक–फरक धारणा आएकाले समयमै सहमति नजुट्दा आगामी ३१ गतेका लागि अर्को बैठकको मिति तोकिएको पनि जानकारी दिनुभयो ।

अविश्वासको प्रस्तावमा सात दल

संसद्मा आज दर्ता भएको प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका पक्षमा अहिलेसम्म सात दलका सांसदको समर्थन रहेको छ ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (संयुक्त), सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) र दलित जनजाति पार्टी अविश्वासको प्रस्तावका पक्षमा रहेको सभामुख घर्तीले बताउनुभयो ।

यसअघि पत्रकारसँग कुरा गर्दै काँग्रेस नेता विमलेन्द्र निधिले अविश्वासको प्रस्तावका पक्षमा १३ दल पुगेको दाबी गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter