एयरबस खरिदबापतको पाँचौँ किस्ता तिरियो

NACकाठमाडौँ, ३० असार । नेपाल वायु सेवा निगमले एयरबस ३२०–२०० खरिदबापतको पाँचौँ किस्ता रकम आज कर्मचारी सञ्चयकोषलाई तिरेको छ ।

एयरबस खरिदबापतको किस्ता तीन महिना (वैशाख, जेठ र असार) को रु ३२ करोड ३६ लाख १७ हजार ४२१ रकम बुझाइएको निगमका निर्देशक एवम् प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिनुभयो ।

योसहित निगमले हालसम्म कोषलाई रु एक अर्ब ५८ करोड बुझाइसकेको छ । यसअघि चार किस्ता गरेर रु एक अर्ब २६ करोड बुझाएको थियो ।

निगमले झन्डै डेढ वर्षअघि जर्मनको एयरबस कम्पनीबाट रु १० अर्बमा कल साइन ‘नाइनएन–एकेडब्लु÷नाइनएन–एकेएक्स’ दुई एयरबस खरिद गरेको थियो । उक्त रकम कर्मचारी सञ्चय कोषबाट ऋण लिएको थियो । निगमले हरेक तीन महिनामा कोषलाई किस्ता रकम तिर्नेगरी १५ वर्षका लागि ऋण लिएको हो ।

प्रवक्ता शर्माका अनुसार निगमको अन्तर्राष्ट्रिय उडानका लागि चार वटा विमान रहे पनि अहिले दुई वटाले मात्र उडान भरिरहेका छन् । यीमध्ये एक एयरबस एकसाताअघि चरा ठोक्किएर इन्जिनमा खराबी देखिएपछि ग्राउन्डेड भएको छ, भने एउटा पुरानो लिलाममा बिक्रीका लागि तयारी भइरहेको छ । ग्राउन्डेड एयरबस केही दिनमै मर्मतपछि सञ्चालनमा आउने पनि निगमले जनाएको छ ।

निगमले हाल पाँच देशका सात गन्तव्य क्रमशः भारतको नयाँ दिल्ली, मुम्बई र बैङ्लोर, थाइल्यान्डको बैंकक, हङ्कङ, मलेसियाको क्लालालम्पुर र कतारको दोहा उडान भर्दै आएको छ । अब अर्को आठौँ गन्तव्य दुबई उडान भर्ने निगमको तयारी गरेको छ । आगामी भदौ २ गतेबाट काठमाडौँ–दुबई हप्ताको तीन पटक (मङ्गलबार, बिहीबार र आइतबार) उडान भर्ने प्रवक्ता शर्माले बताउनुभयो । पछिल्ला दिनमा निगको व्यावसायिक कारोबार पनि राम्रो रहेको कम्पनीले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter