छवटा हिमताल जोखिमपूर्ण अवस्थामा

Him-talकाठमाडौँ, ३० असार । व्यवस्थापिका–संसद् वातावरण संरक्षण समितिको आज बसेको बैठकमा हिमताल विस्फोट तथा जोखिम न्यूनीकरणका सम्बन्धमा सम्बन्धित निकायका पदाधिकारीसँग छलफल भयो ।

बैठकमा छोरोल्पा र इम्जालगायत छवटा हिमताल जोखिमपूर्ण अवस्थामा रहेको समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्यूनीकरण आयोजनाका प्रमुख टोपबहादुर खत्रीले जानकारी दिनुभयो ।

छोरोल्पाबाट सोलुखुम्बुका चौँरीखर्क, खुमजुङ्, नाम्चेलगायत क्षेत्र र तराईका महोत्तरी, सप्तरी, सिराहा र उदयपुर क्षेत्रमा पर्नसक्ने प्रभावलाई न्यून गर्न पूर्वसूचना संयन्त्र जडान गर्नुका साथै प्रभावित क्षेत्रका जनतामा समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिएको र आयोजना सकिएपछि सम्बन्धित समुदायबाटै कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

छलफलमा सांसदहरू गणेश बिमली, डा दुमनसिंह थापा, कमला विक, हरिप्रसाद उप्रेती, हरि राजवंशी, राजाराम स्याङ्तान, मानबहादुर विश्वकर्मा लगायतले जलवायु परिवर्तनबाट सिर्जना हुने जोखिम न्यून गर्न जल संरक्षणमा ध्यान दिनुपर्ने, नदी आसपासका बाँस, जटाधारी रूखलगायत बिरुवा रोपी स्थानीय बासिन्दामाझ आयआर्जन तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, थप जोखिमी क्षेत्र पहिल्याउनुपर्ने सुझाव दिनुभएको थियो ।

जल तथा मौषम विज्ञान विभागका निमित्त महानिर्देशक सुरज वैद्यले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter