इजरायली कृषिमा आकर्षित नेपाली युवा

agricultureसिबी अधिकारी / काठमाडौँ, १ साउन । इजरायलको व्यावसायिक कृषि खेतीबाट सीप सिक्न नेपाली युवाको आकर्षण बढ्दो छ । इजरायलको आधुनिक कृषि प्रणालीको आकर्षणले त्यहाँ गएर सीप सिक्ने युवाको सङ्ख्या बढ्न थालेको देखिन्छ ।

पढेलेखेका युवा इजरायल गई कृषिको तालिम लिइ नेपाल फर्केपछि व्यावसायिक खेतीमा लागेका छन् । साना किसान विकास बैंकले इजरायलका विभिन्न पाँचवटा कलेजसँग द्विपक्षीय सम्झौता गरेसँगै इजरायल गएर युवाले सीप सिक्ने र नेपालमा आएर यो क्षेत्रमा जम्ने अवसर पाएका हुन् ।

अति न्यून शुल्कमा इजरायलमा सीप सिकेर फर्केपछि यहाँ सरकारले समेत लगानी गरिदिने आकर्षणले युवामा कृषि क्षेत्रप्रतिको मोह बढेको हो । दश महिनाको तालिम अवधिभर तालिमकै क्रममा मासिक रु डेढ लाखसम्म ती युवाले कमाउँछन् ।

बैंकको ‘सिकाइ र कमाइ’ कार्यक्रम अन्तर्गत हालसम्म एक हजार १२५ जना इजरायल गई सीप सिकेर फर्किएका छन् । सन् २०१३ देखि पहिलो वर्ष २०४, दोस्रो वर्ष ५११ र तेस्रो वर्ष ४३० जना गएको थिए ।

सन् २०१६ मा चौथो पटक ४३० जना पठाउने अन्तिम तयारी भइरहेको छ । यो वर्ष छनौट भएका जुलाइको अन्तिमदेखि अक्टोबरको पहिलो साताभित्र गइसक्ने बैंकले जनाएको छ ।

व्यावसायिक कृषिबारे इजरायलमा गएर सीप सिक्न युवा युवतीको उत्तिकै आकर्षण बढेको साना किसान बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जलनकुमार शर्माले बताउनुभयो ।

इजरायलमा कृषिको सीप सिक्न युवाको आकर्षण बढेसँगै मापदण्ड पनि कडा बनाउन थालिएको छ । पहिला साना किसानका छोराछोरी भनेर दश जोड दुई अध्ययन गरेकालाई लिने गरेको इजरायलले अहिले कृषि सम्बन्धी कोर्ष गरेको हुनुपर्ने मापदण्ड बनाएको छ ।

अहिले काठमाडौँ विश्वविद्यालयबाट तीन हप्ताको तालिम लिएर इजरायल गएर १० महिना तालिम पश्चात नेपाल फर्केपछि पुनः एक हप्ताको तालिम लिएपछि मात्र प्रमाणपत्र( सर्टिफिकेट) पाउँछन् ।

कृषि प्रधान देश नेपालमा ६५ प्रतिशत जनता कृषिमा आवद्ध छन् तर पढेलेखेका युवाको यो क्षेत्रमा रुचि छैन । क्षेत्रफलका हिसाबले सानो मुलुक इजरायलले थोरै जग्गामा आधुनिक तरिकाले गरेको व्यावसायिक खेती विश्वमै चर्चित मानिन्छ ।

कसरी पुग्छन् इजरायल

साना किसान सहकारी संस्थामा आवद्ध भएका दश जोड दुई (प्लस २) गरेका २० देखि ३० उमेर भित्रका युवायुवतीले आवेदन दिन पाउँछन् । उनीहरुमध्येबाट विभिन्न चरणको छनोट गरिन्छ ।

अन्तर्वाता इजरायलीले नै लिन्छन् । पास भएकाले मेडिकल रिपोर्ट र पुलिस रिपोर्ट पेस गरेपछि यहाँ तीन हप्ता तालिम लिएपछि मात्र इजरायल जान पाउँछन् ।

इजरायलमा हप्ताको एक दिन पढ्ने र पाँच दिन फिल्डमा प्राक्टिकल गर्नुपर्छ । इजरायलको कृषि राम्रो भएकाले उताबाट फर्केपछि, कृषिको आधुनिकिकरण, टेन्ट हाउसमा कसरी खेती गरिन्छ, मुलुकलाई कृषिको आधुनिकीकरण कसरी गर्ने भन्नेबारे सीप सिक्ने अवसर मिल्छ ।

इजरायलबाट फर्केर आएका युवाले झापा मोरङ, मकवानपुर, धादिङ, नवलपरासी र चितवनमा व्यावसायिक कृषिमा लागेको बैंकले जनाएको छ ।

इजरायल गएका चारजना उतै लुके

इजरायलय गएकामध्ये हालसम्म चारजना उतै लुकेर बसेको बताइएको छ । भागेकालाई निगरानीमा राखी स्वदेश फर्काउने पहल भइरहेको बैंकले जनाएको छ ।

इजरायलले भूकम्पपीडित क्षेत्रलाई प्राथमिकता दिएर कोटा बढाउने सङ्केत गरेको छ, परराष्ट्रमन्त्री कमल थापाको पछिल्लो इजरायल भ्रमणले यसमा बल पुगेको बताइएको छ ।
इजरायलको प्रविधि र सीपलाई नेपालमा प्रयोग गरी उत्पादन गर्ने उद्देश्यले युवालाई इजरायल पठाइएको हो ।

इजरायलयको सीपलाई यहाँ प्रयोग गरी कृषिको आधुनिकीकरण गरी यसलाई कसरी नियमित र युवालाई आकर्षित गर्नसके यो कार्यक्रम प्रभावकारी हुने सिइओ शर्माको बुझाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter