‘वैदेशिक रोजगारीका लागि श्रम आप्रवास’ प्रतिवेदन सार्वजनिक

Labor, Foreign Employmentकाठमाडौँ, २ साउन । ‘वैदेशिक रोजगारीका लागि श्रम आप्रवास’मा नेपालको स्थिति २०७१÷७२ विषयक प्रतिवेदन आज सार्वजनिक भएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले विसं २०६५÷६६ देखि २०७१÷७२ सम्म सात वर्षको अवधिमा नेपालीको वैदेशिक रोजगारीको अवस्थाबारे केन्द्रित रहेर तयार पारेको प्रतिवेदन श्रम तथा रोजगार मन्त्री दीपक बोहराले आज सार्वजनिक गर्नुभयो ।

यो अवधिमा २७ लाख २३ हजार ५८७ जना वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोे र तीमध्ये ९५ दशमलव सात प्रतिशत पुरुष र बाँकी चार दशमलव तीन प्रतिशत महिला रहेको उल्लेख छ ।

यो सात वर्षको अवधिमा नेपाली विदेशिएका शीर्ष गन्तव्य मुलुकमा क्रमशः मलेसिया ३३ दशमलव ३४ प्रतिशत, कतार १९ प्रतिशत, साउदीअरब १८ दशमलव ९३ प्रतिशत, संयुक्त अरब इमिरेट्स (दुबई) नौ दशमलव ८२ प्रतिशत कुवेत दुई दशमलव ४६ प्रतिशत रहेको छ ।

महिला कामदार गएका शीर्ष गन्तव्य मुलुकमा क्रमशः दुबई १९ दशमलव ८८ प्रतिशत, मलेसिया १७ दशमलव ९८ प्रतिशत, कुवेत १३ दशमलव ३६, कतार चार दशमलव ७४ प्रतिशत र लेबनान तीन दशमलव १९ प्रतिशत रहेको छ ।

कामदार विदेशिएका जिल्लामा सबैभन्दा बढी क्रमशः धनुषा, महोत्तरी, झापा, मोरङ, सिन्धुपाल्चोक, मकवानपुर काभ्रेपलाञ्चोक रहेका छन् । म्यानपावरमार्फत ७९ दशमलव नौ प्रतिशत र व्यक्तिगत रुपमा २० दशमलव एक प्रतिशत रहेको छ ।

यो अवधिमा चार हजार ३२२ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको र सबैभन्दा बढी मलेसियामा एक हजार ५६२, साउदी अरबमा एक हजार १६२, कतारमा ९३२, दुबईमा ३२६ र कुवेतमा १२९ जनाको मृत्यु भएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री बोहराले अवैधानिक ढङ्गबाट जाने कामदारलाई रोक्ने र वैधानिक माध्यमबाट विप्रेषण भित्र्याउनसके यो क्षेत्रका धेरै समस्या समाधान हुने बताउनुभयो । प्रतिवेदनले वैदेशिक रोजगारीको अवस्थाबारे स्पष्ट चित्र ल्याउने काम गरेको बताउनुभयो ।

मन्त्रालयका सचिव विष्णु लम्सालले भारतमा रोजगारीका लागि जाने नेपालीको तथ्याङ्क सङ्कलन र वैदेशिक रोजगारीमा भइरहेको मानव तस्करी रोक्न मन्त्रालयले योजना बनाइरहेको बताउनुभयो ।

‘दि एसिया फाउन्डेसन’का देशीय प्रतिनिधि जर्ज भर्गिसले मुलुकको कुल गार्हस्थ्य उत्पादनको २९ प्रतिशत वैदेशिक रोजगारीबाट आउने विपे्रषणले धानिरहेको नेपालमा त्यसलाई व्यवस्थित गर्न यथोचित प्रयास आवश्यक रहेको धारणा राख्नुभयो ।

अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम)का माउरीजिओ बुस्साटी, अन्तर्राष्ट्रिय श्रम सङ्गठनका नेपालका निर्देशक जोसे एस्सालिनोले वैदेशिक रोजगारका लागि भावी कार्यक्रम र कार्ययोजना ल्याउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter