साझा प्रकाशनलाई संस्था सञ्चालन गर्न तत्काल रु ४० करोड आवश्यक

Sajha Publicationपोखरा, ३ साउन । साझा प्रकाशनको सञ्चालक समितिका पदाधिकारीसहितको टोलीले आज पोखरास्थित प्रकाशनको कार्यालयको स्थलगत अवलोकन गरेको छ ।

प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा नेतृत्वको टोलीले प्रकाशनका कर्मचारीलाई लामो समयदेखिको तलबभत्ता लगायत सुविधा प्रदान गर्न चलअचल सम्पत्ति बेच्नुपर्ने भएको जनाउँदै अवलोकन गरेको हो । “साझा प्रकाशनमा कर्मचारीको लामो समयदेखिको तलबभत्ता र सुविधा दिनुपर्ने छ,” महाप्रबन्धक शर्माले भन्नुभयो, “सञ्चालक समितिले हालै २२ अधिकृत कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको छ, उनीहरुलाई पैसा दिन जमिन बेची आयव्ययको सन्तुलन मिलाउन स्थलगत अवलोकन भ्रमण गरिएको हो ।”

अवलोकन भ्रमणपछि केही जग्गा बेचेर कर्मचारीको तलब तथा सुविधा प्रदान गरिनाका साथै अन्य संस्थालाई तिनुपर्ने रकम भुक्तानी गरिने उहाँले बताउनुभयो । साझा प्रकाशनले जनक शिक्षा सामग्री केन्द्र लि लगायतलाई तिर्नुपर्ने रकम तिर्न र उपदानमा निस्किएका कर्मचारीलाई तलब तथा सुविधा दिन रु ६३ करोडको आवश्यकता भएको जानकारी दिँदै उहाँले तत्काल संस्था सञ्चालन गर्न भने रु ४० करोड भए पुग्ने बताउनुभयो ।

भ्रमण दलमा अध्यक्ष शर्मा सहित सञ्चालक सदस्य जीवनचन्द्र कोइराला, डा विजय सुब्बा, हरिहर खनाल र पत्रकार प्रकाश सिलवाल हुनुहुन्छ । भ्रमण दलले प्रकाशनका चितवन, सुर्खेत, कैलाली र कञ्चनपुरका चल तथा अचल सम्पत्तिको स्थलगत अवलोकन गरिसकेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter