हिमालआरोहण राजस्वको भरपर्दो स्रोत

Dhaulagiri Mountain. Nepal has many mountains including Mount Everest.

सिबी अधिकारी / काठमाडौँ, ३ साउन । नेपाललाई विश्वसामु परिचित गराउने यहाँका विश्व चर्चित हिमशिखर नै हुन् ।

पर्वतारोहण र पदयात्राबाट नेपालको पर्यटनलाई विश्वसामु फैलाउन यिनको महत्वपूर्ण भूमिका छ ।

प्राकृतिक र भौगोलिक पहिचान बोकेका नेपालका हिमाल पर्यटनको माध्यमबाट मुलुकको अर्थतन्त्रको दरिलो आधार पनि बन्दै गएका छन् ।

पर्यटन विभागको विवरणअनुसार चालु आर्थिक वर्षको २०७२÷७३ को जेठ मसान्तसम्म हिमाल आरोहणबाट रु २५ करोड ८५ लाख ७१ हजार राजस्व (सलामी दस्तुर) सङ्कलन भएको छ ।

यो २३ वटा हिमालमा आरोहणका लागि अनुमति लिएका स्वदेशी तथा विदेशीबाट सङ्कलन भएको रकम हो । यसमध्ये वसन्त ऋतुमा मात्रै रु २१ करोड ६८ लाख ७७ हजार ७६५ सङ्कलन भएको छ । यसमध्ये सगरमाथाबाट मात्रै वसन्त ऋतुमा रु १७ करोड ६८ लाख उठेको छ ।

विभागका लेखा अधिकृत रमेशकुमार अधिकारीका अनुसार पछिल्ला पाँच वर्षको अनुपातमा हिमालबाट उठ्ने राजस्व बढ्दै गएको छ ।

आव २०७०÷७१ मा सबैभन्दा बढी रु ४५ करोड १२ लाख राजस्व उठेको छ । क्रमशः आव २०६८÷६९ मा रु ३२ करोड ७५ लाख, २०६९÷७० मा रु ३५ करोड ३४ लाख, २०७१÷७२मा रु ३१ करोड २४ लाख राजस्व उठेको छ ।

यतिमात्र होइन हिमालसँग जोडिएको पदयात्रा, होटल, एयरलाइन्स आदि गरी लाखौँले रोजगारी पाएका छन् । नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजारभन्दा बढी अग्ला आठ वटा हिमाल छन् ।

सगरमाथा, मनास्लु, कञ्चनजङ्घा, मकालु, अन्नपूर्ण चोयु, ल्होत्से, कञ्चनजङ्घालगायतका चर्चित हिमालबाट राज्यले राजस्व उठाउँदै आएको छ । सरकारले आरोहणका लागि ४१४ हिमाल खुल्ला गरेको छ ।

सगरमाथा आरोहणका सरकारले विदेशीका लागि प्रतिव्यक्ति करिब रु ११ लाख अर्थात् (११ हजार अमेरिकी डलर) सलामी दस्तुर लिन्छ ।

विभागका अनुसार नेपालमा पाँच हजारभन्दा बढी अग्ला आठ हजार ८४८ मिटरसम्मका कम्तीमा एक हजार ३१० वटा हिमचुचुराको पहिचान भएको छ । हालसम्म २२९ वटा हिमालमा मानव पाइला पुगिसकेका छन् । एक सय ८५ वटा हिमालमा अझै मानव पाइला पुगेको छैन ।

विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार वसन्त ऋतुमा ९८ आरोहण दलका एक हजार ३७५ जनाले हिमाल आरोहण अनुमति लिएका थिए । यसमध्ये ७४९ विदेशी र ६२६ नेपाली छन् । यीमध्ये ६१८ जनाले आरोहण गरेका छन् । तर दुई भारतीय दम्पती आरोही र दुई नेपाली शेर्पाको आरोहण विवादास्पद रहेकाले छानबिन भइरहेको विभागले जनाएको छ ।

यो मौसममा ३०७ नेपाली र ३०७ विदेशीले सगरमाथासहितका २३ वटा हिमाल आरोहण गरेका छन् । जसमा नेपालसहित ४० वटा देशका ५५ जना महिला र ५५९ पुरुष छन् ।

विभागको विवरणअनुसार यो पटक नेपालसहित ३० देशका २८९ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए । जसमध्ये २५५ नेपाली र १९७ विदेशी गरी जम्मा ४५२ ले सगरमाथा आरोहण गरेका छन् ।

सगरमाथाबाट सबैभन्दा बढी राजस्व सङकलन हुन्छ । वर्षका सबै चार याम (वसन्त, बर्खा, शरद र हिउँद) गरी करिब रु ६० करोड राजस्व सङ्कलन हुने विभागको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter