राष्ट्रपति भण्डारीबाट डा केसीको अनशनमा चासो व्यक्त; संवाद गर्न तीन सदस्यीय वार्ता टोली गठन

dr_govindaकाठमाडौँ, ५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत डा गोविन्द केसीको माग र उहाँको स्वास्थ्य अवस्थाका बारेमा आज स्वास्थ्यमन्त्री रामजनम चौधरीसँग चासो व्यक्त गर्नुभएको छ ।

स्वास्थ्यमन्त्री चौधरीलाई राष्ट्रपति कार्यालय शितलनिवासमा बोलाएर राष्ट्रपति भण्डारीले डा केसीको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

भेटमा राष्ट्रपतिले डा केसीको जीवनरक्षाका लागि पहल गर्न आग्रह गनुभएको थियो ।

जवाफमा मन्त्री चौधरीले माग पूरा गर्न सरकार तयार रहेको बताउँदै त्यसका लागि वार्ता टोली गठन गर्न लागिएको जानकारी दिनुभएको थियो ।

उहाँले डा केसीले उठाउनुभएका अधिकांश माग सुनुवाइका क्रममा रहेको र अनशन टुङ्ग्याउन पहल भइरहेकाबारे राष्ट्रपतिलाई अवगत गराउनुभएको थियो ।

सरकारले अनशनरत डा गोविन्द केसीको मागका सम्बन्धमा संवाद गर्न तीन जना सचिव सहभागी वार्ता टोली गठन गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको तीन सदस्यीय संवाद टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

विभिन्न आयोगका सिफारिसलाई ध्यानमा राखेर यसअघि सरकार र डा केसीबीच भएका सहमति कार्यान्वयन सुरु गरिसकिएको उहाँको भनाइ थियो । मन्त्रिपरिषद् बैठकले पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश, २०६९ खारेज गर्ने निर्णयसमेत गरेको छ । सोबमोजिम विभिन्न कम्पनीका नाममा जारी भएका इजाजतपत्र खारेज गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै सरकारले स्थानीय शान्ति समितिको म्याद यही साउन १ गतेदेखि लागू हुनेगरी एक वर्षका लागि थप गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter