बाल विकास कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने

Childrenकाठमाडौँ, ५ साउन । नेपालका सहस्राब्दी विकास लक्ष्य पूरा गर्न प्रारम्भिक बाल विकास कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ ।

प्रारम्भिक बाल विकासका लागि सांसदको सहकार्य समन्वय समूहको आयोजनामा यहाँ आज भएको अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताहरुले मुलुकको विकासका लागि सक्षम नागरिक आवश्यक पर्ने र त्यसका लागि अहिलेदेखि नै प्रारम्भिक बाल विकास कार्यक्रमलाई कार्यान्वयनमा लैजानुपर्ने बताए ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय सम्हाल्ने उपप्रधानमन्त्री सिपी मैनालीले संविधानमै प्रारम्भिक बाल विकासका कुरा उल्लेख भएकाले त्यसलाई कार्यान्वयनमा लैजान सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले प्रारम्भिक बाल विकास कार्यक्रमको कार्यान्वयनका लागि स्थानीय सरकारको भूमिका र मन्त्रालय मन्त्रालयबीचको समन्वय महत्वपूर्ण हुने बताउनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले प्रत्येक जिल्लाका लागि विनियोजन गरिएको कुल बजेटको १० प्रतिशत बालबालिकाका लागि छुट्याइएको भए पनि त्यो बजेट विभिन्न गैरसरकारी संस्थाले आयोजना गर्ने सभा, सम्मेलनमा खर्च भइरहेकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।

शिक्षाविद् डा विद्यानाथ कोइरालाले सहरी क्षेत्रका ९५ प्रतिशत, ग्रामीण क्षेत्रका ५० प्रतिशत र दुर्गम क्षेत्रका २० प्रतिशत बालबालिकाको मात्र प्रारम्भिक बाल विकास केन्द्रसम्म पहुँच पुगेको सन्दर्भ उल्लेख गर्दै त्यसमा एकदेखि पाँच वर्षसम्मका शतप्रतिशत बालबालिकाको पहुँच पु¥याउनुपर्नेमा जोड दिनुुभयो ।

प्रारम्भिक बाल विकास विशेषज्ञ डा किशोर श्रेष्ठले बाल विकास केन्द्रमा गएका बालबालिकाले अन्यको तुलनामा आफ्नो जीवनमा महत्वपूर्ण सफलता हासिल गर्ने विभिन्न अध्ययनले देखाएको बताउनुभयो ।
अर्का बाल विकास विशेषज्ञ अगाथा थापाले देशलाई सक्षम जनशक्ति दिन गर्भावस्थादेखि नै उनीहरुको उचित स्याहारमा ध्यान दिन आग्रह गर्नुभयो ।

नेपालमा हाल ३५ हजार बाल विकास केन्द्र सञ्चालनमा रहेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter