डा केसीको मागका विषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

dr_govindaकाठमाडौँ, ६ साउन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विगत केही दिनदेखि अनशसनरत प्रा डा गोविन्द केसीले उठाउनुभएको मागलाई तत्काल सम्बोधन गर्न माग गर्दै व्यवस्थापिका–संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ ।

नेपाली काँग्रेसका सांसदद्वय गगनकुमार थापा र धनराज गुरुङ र नेकपा(माओवादी केन्द्र)का सांसद श्याम श्रेष्ठले आज सो प्रस्ताव दर्ता गराउनुभएको हो ।

दर्ता भएको प्रस्तावमा विगत ११ दिनदेखि आमरण अनशनरत डा केसीको जीवनरक्षाका लागि संसद्ले अविलम्ब पहल गर्न अपरिहार्य भएको, जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य शिक्षा जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्रमा ब्याप्त भ्रष्टाचार र बेथितीका विषयमा सदनको ध्यान जानुपर्ने उल्लेख छ ।

यस्तै डा केसीले उठाएका मागबारे विगतमा संसद्मा समेत छलफल भएको, संसदीय समितिले निर्देशन दिएको र सरकारले पटक पटक सम्झौतासमेत गरेकाले ती सम्झौताको कार्यान्वयन भए नभएको सन्दर्भमा सरकारलाई संसद्प्रति जवाफदेही बनाउन आवश्यक देखिएको उल्लेख गरिएको छ ।

यस्तै सार्वजनिक महत्वको प्रस्तावमा डा केसीले उठाउनुभएको अन्य मागको विषयसमेत संसद्सँग प्रत्यक्ष जोडिएकाले छलफल गर्न आवश्यक रहेको स्पष्ट पारिएको छ ।

केदारभक्त माथेमा कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनको अवस्था पनि छलफलको विषय रहेको उक्त प्रस्तावमा उल्लेख गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter