अन्यत्र पढाउने.प्राध्यापकमाथि कारबाही सुरु

government logoचितवन, ३ भदौ । सरकारी तथा आङ्गिक क्याम्पसमा पढाउने समयमा अन्य क्याम्पसमा पढाउन जाने प्राध्यापकमाथि कारबाही सुरु गरिएको छ । जिल्ला प्रशासनले एउटा सरकारी र पाँचवटा आङ्गिक क्याम्पसबाट कारबाही थालेको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पस र त्रिविबाट सम्बन्धन पाएका सप्तगण्डकी, बालकुमारी, मैयादेवी, सहिद स्मृति र सहिद स्मारक कलेजमा कुन प्राध्यापकले पढाउने समय कुन हो ? विस्तृत विवरण मागिएको बताउनुभयो ।

विवरण हेरेर एउटै प्राध्यापकले एकै समयमा दुई वा सोभन्दा बढी क्याम्पसमा पढाएको पाइएमा सम्बन्धित विश्वविद्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारबाहीका लागि लेखी पठाउने उहाँले बताउनुभयो ।

रत्ननगरको सहिद स्मृति कलेजबाहेकका अन्य क्याम्पसबाट प्राध्यापकको विवरण र पढाउने समयसम्बन्धी विवरण अध्ययन भइरहेको छ ।

यहाँका सरकारी र सामुदायिक क्याम्पसमा हाजिर गरेर एक÷दुई पिरियड पढाउने अनि निजीमा हेल्मेट टिचरका रुपमा दौडिनेको सङ्ख्या अधिक भएपछि जिल्ला प्रशासनले कारबाही अघि बढाएको हो । सरकारी र सामुदायिक क्याम्पसमा पढाउने समयमा निजीमा भेटिएमा तिनीहरुलाई पक्राउ गरी मुद्दासमेत चलाइने प्रजिअ सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो – त्यसको अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ । निजी कलेजलाई समेत अन्यत्र पूर्णकालीन भएको समयमा कक्षा नदिनसमेत भनिसकिएकाले अटेर गर्ने क्याम्पस प्रमुखलाई समेत कारबाही गरिने छ ।

अस्पताल र त्यहाँ काम गर्ने चिकित्सकको भन्दा प्राध्यापकको निजी धाउने अवस्था झन जटिल रहेको गुनासो बढेपछि प्रशासन निगरानीमा लागेको हो ।

प्राध्यापक सङ्घका केन्द्रीय महासचिव प्रकाश अधिकारीले एउटै समयमा अन्यत्र पढाउन जानु बौद्धिक समुदायको बेइज्जत भएकाले त्यस्ता प्राध्यापकको संरक्षण सङ्गठनले गर्न नसक्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter