पर्यटनबाट उचित लाभ लिन नसक्नु विडम्बनाः सभापति देउवा

Sher Bahadur Deuwaकाठमाडौँ, ३ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकासमा जोड दिनुभएको छ ।

पर्यटनसम्बन्धी पत्रिका गन्तव्य नेपालको १२औँ वार्षिकोत्सवको यहाँ आज उद्घाटन गर्दै उहाँले प्राकृतिक, भौगोलिक र धार्मिक तथा सांस्कृतिक रुपमा नेपालको पर्यटनको प्रचुर सम्भावना रहे पनि अपेक्षित लाभ लिन नसक्नु विडम्बना हो भन्नुभयो ।

उहाँले प्राकृतिक सुन्दरता र जैविक विविधतायुक्त पर्यटकीय स्थलको वातावरण र जैविक विविधता संरक्षणलाई ध्यान दिई भौतिक पूर्वाधार विकास गरेर मात्र नयाँ पर्यटकीय गन्तव्यको विस्तार गरिनुपर्नेमा जोड दिनुभयो ।

एक अर्को प्रशङ्गमा सत्ता साझेदार प्रमुख काँग्रेस सभापति देउवाले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने र देश विकासका कामलाई प्रभावकारी रुपमा अघि बढाइने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्राकृतिक विविधताले भरिपूर्ण नेपालको पर्यटन विकासका लागि सबै क्षेत्र एकीकृत ढङ्गले लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । सांसद जगदिशनरसिंह केसी, पूर्व पर्यटनराज्यमन्त्री दिलीप महर्जन र नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटन विकासका लागि पूर्वाधार विकासमा जोड दिनुभयो ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटा, पर्यटन व्यवसायी मोहन लम्साल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया र गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले पर्यटकीय पूर्वाधार विकासका लागि राज्यको ध्यान जानुपर्नेे बताउनुभयो ।

यसैबीच गन्तव्य नेपालले ‘टुरिजम म्यान अफ दी इयर’बाट वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साललाई सम्मानित गरेको छ । त्यस्तै नगद रु १० हजार राशिको गन्तव्य नेपाल पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका मधुजङ पाण्डे र इमेज टेलिभिजनका प्रतीक लामिछानेलाई सम्मान गरिएको छ ।

त्यसैगरी पर्यटनका क्षेत्रमा उल्लेख्य योगदान गरेबापत पर्यटन व्यवसायी भवन भट्ट, प्रेमकुमार खत्री, सङ्घर्ष विष्ट, सागर विष्ट, चूडामणि दाहाल र रवीन्द्रराज पौडेललाई सम्मान गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter