मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झ¥यो

Newbornलहान, १७ भदौ । सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि सिरहामा मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका अनुसार आर्थिक वर्ष ०७२÷७३ मा सिरहामा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन । स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउने महिलाको सङ्ख्या बढेका कारण मातृ मृत्युदरमा उल्लेख्य कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयका सिरहाका सुरक्षित मातृत्व फाँटका प्रमुख रेणु राईले जानकारी दिनुभयो ।

अघिल्लो आव ०७०÷७१ मा पनि प्रसूति गराउने क्रममा कुनै पनि आमाको मृत्यु भएको थिएन । यस्तै आव ०७२÷७३ मा जिल्लामा कुनै पनि नवजात शिशुको मृत्यु भएको सूचना नआएको राईले बताउनुभयो । गत आव ०७१÷७२ मा भने सिरहामा ६ जना नवजात शिशुको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । अघिल्लो आव २०६९÷७० मा भने १० र आव २०६८÷६९ मा १४ जना नवजात शिशुको मृत्यु भएको थियो ।

सरकारले स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने महिलालाई प्रोत्साहनस्वरुप ५०० रुपैयाँ र न्यानो लुगा दिन थालेपछि सिरहामा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको सङ्ख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । आव ०७२÷७३ मा स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने महिलाको सङ्ख्यामा आठ हजार ८५६ पुगेको छ भने घरमै दक्ष प्रसूतिकर्मीबाट ४३० जना महिलाले सुत्केरी गराएको जिल्ला जनस्वस्थ्य कार्यालय सिरहाले जनाएको छ ।

यस्तै आव ०७२÷७३ मा स्वास्थ्य संस्थामा गएर पहिलोपटक गर्भवती जाँच गराउने महिलाको सङ्ख्या शत्प्रतिशत रहे पनि नियमित चारपटकसम्म स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउने महिलाको सङ्ख्या १५ प्रतिशत मात्र रहेको रार्ईले बताउनुभयो । मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास हुँदै गएका कारण स्वास्थ्य संस्थामा गएर गर्भवती जाँच गराउने र सुत्केरी गराउने महिलाको सङ्ख्या बढेका कारण मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशङ्करलाल कर्णको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter