सःशुल्क दर्शनको व्यवस्था अन्त्य

Pashupati Templeकाठमाडौँ, १७ भदौ । पशुपति क्षेत्र विकास कोषले यसवर्ष हरितालिका पर्वमा पशुपतिनाथको मन्दिरमा सःशुल्क दर्शनको व्यवस्था हटाएको छ ।

मन्दिरमा आएर छोटो समयमा दर्शन गर्न चाहने भक्तजनको सहजताका लागि रु एक हजारको टिकटको व्यवस्था कोषले गर्दै आएको थियो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा गोविन्द टण्डनले मन्दिरमा आउने दर्शनार्थीको सहजतालाई व्यवस्थित बनाउन नेपाल प्रहरीको संयोजकत्वमा ‘एकीकृत सुरक्षा व्यवस्था’ लागू गरिएको जानकारी दिनुभयो । अब दर्शन गर्न आउने सबैले लाइन लाग्नुपर्ने भएको छ ।

प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले करिब तीन हजार सुरक्षाकर्मीलाई मन्दिर तथा आसपास क्षेत्रमा खटाइने र दर्शनार्थीलाई मन्दिर दर्शनका लागि चाहिँदो सहयोग उपलब्ध गराउने बताउँदै महिला समुदायलाई त्यस दिन गरगहना नलगाउन आग्रह गर्नुभयो ।

विशिष्ट व्यक्ति, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई लाइन लाग्नुनपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ । यस कार्यका लागि कोषले करिब रु १६ लाख रकम विनियोजन गरेको छ भने त्यस क्षेत्रमा ४५ वटा सिसीक्यामेराको व्यवस्था गरेको छ । करिब तीन लाख भक्तजन आउने अनुमान गरिएको छ ।

मन्दिर क्षेत्रमा त्यस दिन कुनै पनि सामाजिक सङ्घसंस्थालाई स्वयम्सेवकका रुपमा गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ । कोषले हरितालिकामा पशुपति मन्दिर तथा त्यस वरपर क्षेत्रका सर्वसाधारणलाई नियमित आवतजावतका लागि उपलब्ध गराउँदै आएको पासको व्यवस्थासमेत हटाएको छ । मन्दिरमा आउने सबैलाई सुरक्षाकर्मीले आवश्यक निर्देशन तथा सहयोग गरिनेछ ।

मित्रपार्क, उमाकुण्ड, कैलाश हुँदै रुद्रगाढेश्वरबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शनार्थी जयबागेश्वरी, भुवनेश्वरी हुँदै मन्दिर प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिरिने छन् । गौशला, पिङ्गलास्थान, चार शिवालय, हुँदै मूल भट्ट निवासबाट बाहिरिने रुटको व्यवस्था गरिएको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter