स्वास्थ्य मन्त्री थापाद्वारा डा केसीसंग छलफल

Protest Program of Dr. KCकाठमाडौँ, १७ भदौ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आज डा गोविन्द केसीलाई भेट गरी उहाँको मागका र स्वास्थ्य क्षेत्र सुधारका विषयमा छलफल गर्नुभएको छ ।

शिक्षण अस्पताल, महाराजगञ्ज पुगी मन्त्री थापाले डा केसीलाई भेट गर्नुभएको हो । भेटका क्रममा डा केसीले आफूले उठाएका मागका विषयमा मन्त्रालयले के गरिरहेको छ भन्ने विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

जवाफमा मन्त्री थापाले आफू सधैँ उहाँले उठाउनुभएका मागको पक्षमा रहेकाले ती माग पूरा गर्ने विषयमा सकारात्मकरुपमा काम अगाडि बढाइसकेको जानकारी गराउनुभएको थियो ।

डा केसीले सरकारी शिक्षण संस्थाका सबै सिट निःशुल्क गर्नुपर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने, काठमाडौँ उपत्यकामा आउँदो १० वर्षसम्म नयाँ सम्बन्धन नदिने, अधिकतम शुल्क र सिट यो वर्ष झँै व्यवस्था गर्ने, केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था गर्ने र त्यो मर्यादित हुने व्यवस्था गर्ने माग राख्दै आउनुभएको छ ।

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध तत्काल संसद्ले महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने, माथेमा प्रतिवेदनको सुझाव विपरीत काठमाडौँमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसद्मा विचाराधीन विधेयक तत्काल फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा नीति आउन नदिने तर आफ्नो पदीय अधिकार दुरुपयोग गरेर नीहित स्वार्थका लागि सो प्रतिष्ठान विधेयक पारित गर्न खोज्ने सांसदमाथि समेत कानुनी प्रक्रिया बमोजिम छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने लगायतका माग राख्दै आठपटकसम्म अनशन बसिसक्नुभएको छ ।

हाल सडकबाट आफ्ना माग पूरा गर्नुपर्ने भन्दै सङ्घर्ष थालेका केसीले माग पूरा नभए नवौँ पटक आमरण अनशन बस्ने चेतावनी यसअघि नै दिइसक्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter