प्रेरणाको जग्गासम्बन्धी मुद्दामा पुनरवलोकन आदेश

Supreme Courtकाठमाडौँ, १७ भदौ । सर्वोच्च अदालतले पूर्वयुवराज्ञी प्रेरणाराज्यलक्ष्मी शाहका नाममा रहेको विवादित जग्गासम्बन्धी मुद्दामा पुनरवलोकनका लागि आदेश दिएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको पूर्ण इजलासले आज शाहको जग्गा विवादको विषयलाई लिएर यसअघिको फैसला पुनरवलोकन गर्न आदेश दिएको हो ।

तत्कालीन राजा वीरेन्द्रको स्थानीय छाउनीस्थित १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्टको कार्यालय नाममा थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी पे्ररणाले सो जग्गा आफ्नो स्वामित्वको दाबी गर्दै अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश रामकुमार साह र न्यायाधीश चोलेन्द्रशम्शेर जबराको गत वर्ष असार ६ गतेको संयुक्त इजलासले जग्गा उहाँको स्वामित्वको भएको ठहर गरेको थियो । ट्रस्टको कार्यालयले सो जग्गा पूर्वराजा वीरेन्द्रको नाममा नै रहेको दाबी गर्दै उक्त आदेशलाई पुनरवलोकन गर्न माग गरेको थियो ।

प्रेरणाको स्वामित्व ठहर भएको विषय अदालतको स्थापित नजिर वा कानुनी सिद्धान्त प्रतिकूल देखिएको हुँदा पुनरवलोकन गर्ने अनुमति प्रदान गरिएको आदेशमा उल्लेख छ ।

आदेशमा प्रेरणाका पिता तत्कालीन राजा ज्ञानेन्द्रका नाममा सो जग्गा कहिले पनि दर्ता भएको अवस्था नभई श्री ५ महाराजधिराजको नाममा गएको देखिएको हुँदा ज्ञानेन्द्रका नाममा नभएको जग्गा हस्तान्तरण गर्न नपाइने कानुनी मान्यता रहेको उल्लेख छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter