‘जेष्ठ नागरिक परिचयपत्र’ पाएपछि खुसी हँुदै वुद्ववृद्वा

elderly people Nepalपाल्पा, १८ भदौ । पाल्पा जिल्लाका ज्येष्ठ नागरिकलाई ‘जेष्ठ नागरिक परिचयपत्र’ वितरण गर्न थालिएको छ ।

महिला तथा बालबालिका कार्यालयले पहिलोचरणमा दशजना वृद्ध, वृद्वालाई ‘जेष्ठ नागरिक परिचयपत्र’ वितरण गरेको हो ।

तानसेन नगरपालिका– ३ का ७७ वर्षीय द्वारिकाप्रसाद शर्मालाई एक नम्बरको परिचयपत्र महिला विकास प्रमुख तुल्सा अर्यालले प्रदान गर्नुभयो । परिचयपत्र पाएपछि यहाँ वृद्धहरुको अनुहारमा खुसी छाएको थियो ।

‘बूढेसकालमा राज्यले आफूहरुको हितमा काम गर्न थालेकोले वृद्धाहरु निकै हर्षित बन्न थालेका छन् । सरकारले जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तासमेत बढाएको र यो परिचयपत्रले जेष्ठ नागरिकको सम्मान भएको शर्मा बताउनुहुन्छ ।

तानसेन– ३ की ७८ वर्षीया पूर्णमाया महर्जनले परिचयपत्र पाएपछि निकै खुसी हुनुभयो । राज्यले समाजका जेष्ठ नागरिकका लागि यो ठूलो सम्मान गरेको बताउनुभयो ।

तानसेनकै अर्का ६८ वर्षीय डिलबहादुर शाक्यको पनि अनुहारमा खुसीको मुस्कान देखिएको थियो । परिचयपत्र पाएपछि तानसेनकै ६१ वर्षीय दुर्गा सारु, ६८ वर्षीय शालिकराम अधिकारी, ७२ वर्षीय जगन्नाथ शर्मा लगायतको अनुहारमा परिचयपत्रले खुसी ल्याएको थियो ।

पाल्पा जिल्लामा ७० वर्ष नाघेका झन्डै ४९ हजार बढी जेष्ठ नागरिक रहेका छन् । पाल्पा जिल्लामा जेष्ठ नागरिकका लागि हावापानी उपयुक्त रहेको जानकारहरु बताउँछन् ।

प्रमुख अर्यालले जेष्ठ नागरिकको हितका लागि परिचयपत्र लाभदायी हुने बताउनुहुन्छ । अन्य जेष्ठ नागरिकलाई समेत छिटै परिचयपत्र वितरण हुने जानकारीसमेत उहाँले गराउनुभयो ।

फुर्सदमा समय बिताउनका लागि दिवाश्रम बनाउन सकेको अवस्थामा वद्धहरुलाई सबै भन्दा हित हुने र वृद्धहरुको नियमित भेटघाट हुनेस्थल बन्ने वृद्धहरुको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter