पर्वतमा मुलुककै नमुना बन्जी जम्पको निर्माण हुँदै

bungeeपर्वत, १९ भदौ । साहसिक पर्यटकलाई आकर्षित गर्न निजी क्षेत्रको लगानीमा पर्वतमा मुलुककै नमुना बन्जी जम्प निर्माण सुरु गरिएको छ ।

पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको नारायणस्थान गाविसस्थित नेपाने जोड्ने गरी कालीगण्डकीमाथि पुल निर्माण गरेर बन्जी जम्प सञ्चालन गर्ने तयारी गरिएको हो । बन्जी जम्प सञ्चालनका लागि इन्टु द वाइल्ड मल्टी प्रपोज प्रालिले आफ्नै लगानीमा पुल निर्माणको कामलाई अगाडि बढाएको छ ।

कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीमा रु १२ करोड रुपैयाँको लागतमा ५३५ मिटर लम्बाइ र २२५ मिटर उचाइको पुल निर्माण गरी बन्जी जम्प निर्माण गर्न सुरु गरिएको हो । अहिलेसम्म कुश्मातर्फ फाउन्डेसनको काम सकेर बलेवा क्षेत्रमा काम गर्न थालिएको प्र्रालिका राजु कार्कीले जानकारी दिनुभयो ।

उक्त बन्जी जम्प पुल विश्वकै दोस्रो अग्लो पुल हुने कार्कीले बताउनुभयो । कम्पनीले बन्जी खेल्न आउने पर्यटकका लागि रिसोर्टसमेत निर्माण सुरु गरेको छ ।

बन्जी खेल विश्वकै साहसिक खेल भएकाले त्यसको प्रवद्र्धनका लागि कालीगण्डकी नदी माथिको भेग अति उत्तम भएकाले पुल निर्माणको कामलाई अगाडि बढाइएको कार्कीले बताउनुभयो । सुरुमा भौतिक संरचना निर्माणको कामलाई तीव्रता दिइएकाले बन्जी खेलका बारेमा अन्य तयारी नगरिएको प्रालिले जनाएको छ ।

बन्जी जम्प निर्माण गर्न थालिएको ठाउँ बलेवा एयरपोर्ट नजिकै भएकाले पुल निर्माणले एयरपोर्ट सञ्चालनमा समेत सहजता आउने स्थानीयवासीले आशा गरेका छन् । बलेवा क्षेत्रमा एयरपोर्ट, मुस्ताङ– बुटवलसँग सिधा यातायातका लागि कालीगण्डकी करिडोर, पूर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग निर्माण हुन थालेकाले बन्जी जम्पको प्रवद्र्धनमा सहजता आउने प्रालिका सञ्चालक युवराज जोशीले बताउनुभयो ।

कुश्मा बलेवा क्षेत्रको पर्यटन विकासका लागि यसअगाडि सोही ठाउँमा यान्त्रिक पुल, कुश्मा–बलेवा जोड्ने झोलुङ्गेपुल, बलेवा विमानस्थल सञ्चालनका लागि पहल तथा बलेवाको भैरवस्थान मन्दिरको व्यवस्थापनका काम पनि भइरहे्का छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter