चार लाखभन्दा बढी घरधनीसँग अनुदान सम्झौता

Nepal Reconstruction Authorityकाठमाडौँ, १९ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार लाख ११ हजार २०१ घरधनीसँग भूकम्पपछिको पुनःनिर्माणका लागि पहिलो किस्ताको अनुदान दिने सम्झौता सम्पन्न गरेको छ ।

गोरखामा ४९ हजार ७५८, सिन्धुपाल्चोकमा ६६ हजार, दोलखामा ४२ हजार ६३८, रामेछापमा ४० हजार ७७८, धादिङमा ५१ हजार ९००, काभ्रेपलाञ्चोकमा ५० हजार १७५, नुवाकोटमा ५१ हजार २०४, ओखलढुङ्गामा १७ हजार ९१५, सिन्धुलीमा २० हजार २८५, रसुवामा आठ हजार ३५१ र मकवानपुरमा १२ हजार १९३ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

ललितपुरको बुुङमतीमा नमूना बस्ती निर्माणका क्रममा चार घरधनीसँग अनुदान सम्झौता भएको छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका अन्य स्थानमा भूकम्पपछिको सर्वेक्षण जारी छ ।

गोरखामा ४८ हजार ६५८, सिन्धुपाल्चोकमा ४६ हजार १४३, दोलखामा ३४ हजार ९२०, रामेछापमा २९ हजार ३०२, धादिङमा २९ हजार १०९, काभ्रेपलाञ्चोकमा २२ हजार ५१७, नुवाकोटमा २१ हजार ४६०, ओखलढुङ्गामा १७ हजार तीन, सिन्धुलीमा १२ हजार ८६१, रसुवामा दुई हजार ८९० र मकवानपुरमा एक हजार ३६८ घरधनीलाई पहिलो किस्ताको रकम भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक काटिएको छ ।

अनुदान सम्झौता भएका लाभग्राहीलाई पहिलो किस्ताको रकम लिने प्रक्रियामा लाग्न प्रवक्ता थपलियाले अनुरोध गर्नुभयो ।

भूकम्प अतिप्रभावित ११ जिल्लाका दुई लाख ६६ हजार २३१ घरधनीको बैंक खातामा पहिलो किस्ताको रु ५० हजार पठाइएको प्राधिकरणले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter