जथाभावी गर्भपतनले स्वास्थ्यमा जोखिम थप्दैछ (आलेख)

Pregnantसन्तोष गौतम / म्याग्दी, २१ भदौ । साउन अन्तिम हप्ता बेनीस्थित जिल्ला अस्पतालमा आएका एक दम्पती तनावमा थिए । दुई सन्तानका अभिभावक बनिसकेका करिब तीस वर्ष हाराहारीको यो जोडीको तनावको कारण थियो, अनिच्छित गर्भ ।

उनीहरु परिवार नियोजनको साधन प्रयोग नगरेका कारण रहन गएको गर्भलाई तुहाउन अस्पताल पुगेका थिए । यो जोडी त उदाहरण मात्रै हो म्याग्दीमा बढ्दो क्रममा रहेको गर्भपतन गर्ने दम्पतीहरुको । म्याग्दीका स्वास्थ्य संस्थामा गर्भपतन गराउने र बच्चा जन्माउनेहरुको सङ्ख्या समान जस्तै देखिनुले गर्भपतनको सुविधाले विकृत रुप लिन लागेको सङ्केत गर्छ ।

गर्भपतनलाई परिवार नियोजनको सजिलो साधनको रुपमा लिइँदा गर्भपतन गर्नेको वृद्धिसँगै प्रजनन् स्वास्थ्यमा जोखिम देखिएको चिकित्सकहरुले बताएका छन् । परिवार नियोजनका साधन नअपनाउने तर गर्भपतनलाई परिवार नियोजनको माध्यम बनाउँदा प्रजनन् स्वास्थ्यमा चुनौती देखिएको हो ।

पछिल्लो चार वर्षको अवधिमा जिल्लाका सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या एक हजारले बढेको छ । आर्थिक वर्ष २०७२र७३ मा एक हजार २८१ जनाले गर्भपतन सेवा लिएका जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क सहायक वसन्त पोख्रेलले बताउनुभयो ।

उहाँका अनुसार सोही अवधिमा स्वास्थ्य संस्थामा आएर प्रसूति गराउनेको सङ्ख्या एक हजार ३८१ छ । गर्भपतन गराउनेको यो सङ्ख्या सरकारी स्वास्थ्य संस्थाहरुको मात्र हो । निजी अस्पताल, जिल्ला बाहिर गएर तथा गर्भमै लिङ्ग पहिचान गरी भ्र्रूण हत्या गर्नेहरुको लेखाजोखा नै छैन ।

सूचीकृत नभएका अवैध निजी क्लिनिकबाट गर्भपतन गराउनेहरुको स्वास्थ्य जोखिमपूर्ण हुन्छ । आर्थिक वर्ष २०६९र७० मा स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिनेको सङ्ख्या २८१ जना रहेकामा २०७०र७१ मा ७८० जना र २०७१र७२ मा एक हजार १५६ जना थियो । गर्भपतन गर्नेमा धेरैजसो २० देखि ३० वर्ष उमेर समूहका छन् ।

नेपालको कानुनले महिलाले चाहेको अवस्थामा १२ हप्तासम्मको गर्भ फाल्न पाउने व्यवस्था गरेको छ । बेनीस्थित जिल्ला अस्पताल, बेनी हस्पिटल एन्ड रिसर्च सेन्टर र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र १२ हप्तासम्मको गर्भपतन गराउन पाउने अनुमति प्राप्त स्वास्थ्य संस्था हुन् । लुलाङ, सिङ्गा, भुरुङ तातोपानी, पिप्ले, ताकम, भकिम्ली, रुम, ज्यामरुककोट, पाखापानी, शिख, भगवती र अर्मनस्थित सरकारी स्वास्थ्य संस्थाले नौ हप्तासम्मको मात्र गर्भपतन गर्न पाउँछन् ।

जिल्ला अस्पताल र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन गराउन एक हजार रुपैयाँ र अन्य स्वास्थ्य संस्थामा पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्छ । गर्भपतन गर्नेको पहिचान गोप्य राख्ने गरिन्छ । औषधिको सहायताले मेडिकल र सर्जिकल विधिबाट गर्भपतन गराउने काम हुन्छ ।

गर्भपतन सेवा सहज र सर्वसुलभ हुँदा असुरक्षित रुपमा जथाभावी गर्भ फाल्ने घटना घटेपनि सेवा लिनेको सङ्ख्या अस्वाभाविक रुपमा बढ्नु चुनौती भएको जिल्ला स्वास्थ्य कार्यालयकी परिवार स्वास्थ्य कार्यक्रम संयोजक सिनियर अनमि लीला गौतमले बताउनुभयो ।

“सुविधा छ भनेर परिवार नियोजनका साधन नअपनाउने र अनिच्छित गर्भधारण गरी गर्भपतन गराउने गर्दा समस्या देखिएको छ,” गौतमले भन्नुभयो – “सुविधालाई दुरुपयोग गरिँदा जनस्वास्थ्यमा जोखिम बढेको छ ।”

अनिच्छित गर्भका कारण शारीरिक, पारिवारिक र सामाजिक असर पर्ने अवस्थामा अन्तिम विकल्पको रुपमा सरकारले दिएको गर्भपतनको सुविधालाई धेरैले परिवार नियोजनको साधन बनाएका छन् । स्वास्थ्यकर्मीहरुका अनुसार धेरैजसो दम्पती परिवार नियोजनप्रति संवेदनशील नबन्ने र सजिलो साधन अपनाउन झन्झट मान्दा गर्भपतनसम्मको बाध्यता आइलाग्ने हुन्छ ।

लामो समयसम्म टाढिएका दम्पती भेट हँुदा एक अर्काबीच अविश्वास तथा शङ्का पैदा हुने डर रहन्छ र एकको अनुपस्थितिमा परिवार नियोजनका साधनको प्रयोग विना रहन पुगेको अनिच्छित गर्भ तनावको कारण बन्ने गरेको छ । गर्भपतनको मुख्य कारण परस्त्री वा परपुरुषसँगको शारीरिक सम्बन्ध हो ।

मेलाजात्रामा हुने आकस्मिक भेटघाट र हतारको माया प्रेमसँगै हुने गल्तीले पनि कतिपय अविवाहित युवती तथा किशोरीहरुसामु गर्भपतन गर्नुपर्ने नौबत आइलाग्छ । जबर्जस्ती करणी पनि रहने अनिच्छित गर्भ अर्को कारण हो । लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या पनि उत्तिकै छ ।

पश्चिमाञ्चल विकास क्षेत्रमा गर्भपतन गराउनेहरुको सङ्ख्याको आधारमा म्याग्दी पाँचौ स्थानमा छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले बीस वर्षभन्दा कम उमेरमा गर्भपतन गर्ने, दोहो¥याएर गर्भपतन गर्ने र जथाभावी औषधि सेवन गर्ने जस्ता कारण स्वास्थ्य समस्या उत्पन्न भई अस्पतालमा पुग्नेहरुको सङ्ख्या पनि बढ्दो क्रममा रहेको देखाएको छ ।

आर्थिक वर्ष २०७१र७२ मा बीस वर्ष भन्दा कम उमेरमा गर्भपतन गराउनेको सङ्ख्या १०९ रहेकामा २०७२र७३ मा यो सङ्ख्या ११६ पुगेको छ । मेडिकलको तुलनामा सर्जिकल विधिबाट गरिने गर्भपतन जोखिमयुक्त मानिन्छ । आर्थिक वर्ष २०७२र७३ मा १४६ जना निजी क्लिनिक र औषधि पसलमा गर्भपतन गराई स्वास्थ्य समस्या देखिएपछि सरकारी स्वास्थ्य संस्थाको सम्पर्कमा आएका थिए । यो सङ्ख्या अघिल्लो वर्षमा ६५ थियो ।

जिल्लामा बीस प्रतिशतले दोहो¥याएर गर्भपतन गराएको तथ्याङ्क छ । दोहो¥याएर गर्भपतन गराउनेहरु कमै मात्र एउटै स्वास्थ्य संस्थामा आउने गरेको स्वास्थ्यकर्मीहरुको अनुभव छ । सूचीकृत स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले दोहो¥याएर गर्भपतन गर्न नदिने र दोहो¥याउँदा हुने स्वास्थ्य समस्याका बारेमा समेत परामर्श दिने भएकाले नयाँ ठाउँमा जाने प्रवृत्ति हावी छ ।

गर्भ रहेको नौ हप्तासम्म लिङ्गको पहिचान हँुदैन । लिङ्ग पहिचान गरेर भ्रूण हत्या गर्नेहरु जिल्ला बाहिरका निजी अस्पताल जान्छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार म्याग्दीमा धेरैले नौ हप्ताअघि नै गर्भपतन गराउने गरेका छन् । नौदेखि १२ हप्तासम्मको गर्भपतन गराउनेहरुको सङ्ख्या आर्थिक वर्ष २०७१र७२ मा ६९ छ ।

गर्भपतन प्रजनन् स्वास्थ्यका दृष्टिले जोखिमयुक्त भएको जिल्ला अस्पतालका चिकित्सक धिरन मल्लले बताउनुभयो । “गर्भपतनका कारण शारीरिक कमजोरी, पाठेघरको सङ्क्रमण, बाँझोपन र रक्तअल्पताको समस्या देखापर्छ,” चिकित्सक मल्लले भन्नुभयो – “पटक पटक गर्भपतन गराउँदा शारीरिक र प्रजनन् स्वास्थ्यमा गम्भीर असर पर्छ ।”

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा ४० प्रतिशत दम्पतीले मात्रै परिवार नियोजनको साधन प्रयोग गर्छन् । आर्थिक वर्ष २०७२र७३ मा परिवार नियोजनका साधनहरु पिल्स, डिपो, आइयुसिडी र इम्पलान्टका नयाँ प्रयोगकर्ताहरु क्रमश ६४६, एक हजार ४०९, १३६ र ३५२ जना रहेको देखिन्छ भने ५४ जनाले स्थायी बन्ध्याकरण गराएका छन् ।

आर्थिक वर्ष २०७२र७३ मा गर्भपतन गराएका एक हजार ८० जनालाई र अघिल्लो वर्ष ९०६ जनालाई स्वास्थ्य संस्थाबाट परिवार नियोजनका अस्थायी साधन दिएर पठाइएको थियो । सरकारी स्वास्थ्य संस्थाले परिवार नियोजनका साधनहरु निःशुल्क वितरण गर्दै आएका छन् ।

वैदेशिक रोजगारीका कारण चलायमान जनस¬ङ्ख्याको ठूलो हिस्सा रहेको म्याग्दीमा दम्पतीहरुको अविश्वास र नकारात्मक बुझाइका कारण परिवार नियोजनका साधनको प्रयोग कम रहेको जिल्ला स्वास्थ्य कार्यालयको परिवार नियोजन कार्यक्रमका संयोजक कौशल भण्डारीले बताउनुभयो ।

परिवार नियोजनका अस्थायी र स्थायी साधनको प्रयोगमा वृद्धि ल्याई गर्भपतन दरमा कमी ल्याउन गत पुसदेखि बेनी नगरपालिकाको साथै दरवाङ, बिम, ओखरबोट, रुम, निस्कोट, बरङ्जा, भकिम्ली, बाबियाचौर र अर्मन गाविसमा परिवार नियोजन सञ्चार अभियान सञ्चालित छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter