इ–रिक्साबाट मनग्य आम्दानी

e-rickshawरौतहट, २३ भदौ । श्रीमान्को कमाइमा आश्रित यहाँका महिला यतिखेर इ–रिक्सा चलाएर आत्मनिर्भर बन्न थालेका छन् श्रीमान्को कमाइमा भर पर्दै आएका चन्द्रपुर नगरपालिका क्षेत्रका कामकाजी महिलाका लागि यतिखेर इ–रिक्सा आम्दानीको स्रोत बन्न पुगेको छ । उनीहरुले महिला पनि श्रम गरेर जीविका चलाउन र आत्मनिर्भर बन्न सक्दछन् भन्ने सन्देश दिएका छन् ।

नगरपालिकाका १५ जना महिलाले इ–रिक्सा चलाएर मनग्य आम्दानी गरिरहेका छन् । दैनिक जीवनयापन चलाउन सजिलो भएको चन्द्रपुर नगरपालिका–७ की ३५ वर्षीया वसन्ती कुशवार बताउनुहुन्छ । “घरखर्च चलाउन अब श्रीमान्को भर पर्नुपर्दैन,” उहाँले भन्नुभयो ।

इ–रिक्साबाट दैनिक रु एक हजार २०० देखि रु एक हजार ५०० सम्म आम्दानी हुने गरेको अर्का इ–रिक्सा चालक मुनादेवी साह बताउनुहुन्छ । महिला घर बाहिर निस्कनु हुँदैन भन्ने परम्परागत मान्यतालाई यस पेसाले तोडेको उहाँको भनाइ छ ।

महिला चालकको हितलाई ध्यानमा राख्दै सवारी ऐनबारे प्रशिक्षण तथा पुनःतार्जगी तालिम दिन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विज्ञान बस्नेतले बताउनुभयो । महिला चालकलाई सडक नियम कानुन र दुर्घटनाबाट जोगिने उपाय तथा ट्राफिक नियमबारे तालिम दिने गरिएको छ ।

हाल चन्द्रपुर नगरपालिकामा करिब २०० को हाराहारीमा इ–रिक्सा सञ्चालनमा छन् । सवारी अनुमति प्राप्त गर्न कठिनाइ भएको महिला चालकको भनाइ छ । विद्यमान ऐन तथा कानुनलाई परिमार्जन गरी इ–रिक्सा सञ्चालन गर्न सहजता प्रदान गर्नुपर्ने उनीहरुको माग छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter