मिस ‘टुरिजम’ २०१६ को उपाधि थापामगरलाई

Moun Everestललितपुर, २५ भदौ । सहरी विकासमन्त्री अर्जुुननरसिंह केसीले पर्यटकीय क्षेत्रको विकासका लागि व्यवसायी र राज्य एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।

प्वाइन्ट मिडियाद्वारा आज यहाँ आयोजित मिस टुरिजम २०१६ को ग्रान्ड फाइनलको उद्घाटन गर्दै उहाँले आन्तरिक पर्यटनलाई मजबूत बनाउन पर्यटन व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

पर्यटकीय विकासले देशको आर्थिक मेरुदण्डलाई बलियो बनाउने मन्त्री केसीको भनाइ थियो । प्राकृतिकरुपमा परिचित क्षत्रेलाई पर्यटकीय गन्तव्यका रुपमा विस्तार गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । ग्रान्ड फाइनलअन्तर्गत मिस टुरिजम २०१६ को विजेता वडुषा थापामगर, फस्ट रनरअप जेनी अमात्य र सेकेन्ड रनरअप शर्मिला तामाङ घोषित भए ।

विजेता थापामगरलाई रु ५० हजार, फस्ट रनरअफ अमात्यले रु ३० हजार र सेकेन्ड रनरअप तामाङले रु २० हजार पुरस्कार प्रदान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter