झण्डै साढे चार लाख अनुदान सम्झौता

Nepal Reconstruction Authorityकाठमाडौँ, ४ असोज । भूकम्पबाट अतिप्रभापति १२ जिल्लाका चार लाख ४७ हजार ३५९ घरधुरीसँग आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता भएको छ ।

भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणको क्रममा रहेका लाभग्राहीलाई बैंकमार्फत अनुदान हस्तान्तरण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाह?सँग सम्झौता भइसकेको र तीमार्फत लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण गरिने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता सीता परियारका अनुसार अनुदान सम्झौता हुने भूकम्पपीडित गोरखा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, नुवाकोट, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सिन्धुली, रसुवा, मकवानपुर, दोलखा र ललितपुरका रहेका छन् ।

त्यसैगरी हालसम्म प्रथम किस्ता भुक्तानी भएको घरधुरीको सङ्ख्या तीन लाख ७५ हजार ७१५ रहेको र गुनासो दर्ता १६ लाख ४६ हजार ८५ वटा रहेको मन्त्रालयका सहायक प्रवक्ता परियारले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter