नब्बे हजार भुटानी शरणार्थी अमेरिकामा

logo-of-unhcrकाठमाडौँ, ४ असोज । पुनर्वास कार्यक्रमअन्तर्गत नेपालबाट अमेरिका जाने भुटानी शरणार्थीको सङ्ख्या ९० हजार पुगेको छ ।

नेपालका लागि अमेरिकाको दूतावासमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्ले अमेरिकामा पुनर्वास हुन गइरहेकी नब्बे हजारौँ नम्बरमा पर्नुभएकी भुटानी शरणार्थी सरिमाया ठटाललाई आज भेटी बिदाई गर्नुभयो ।

अमेरिकाको न्यू ह्याम्पसियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट भोलि प्रस्थान गर्न लागेको नेपालका लागि अमेरिकाको दूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत टेप्लिज्ले नेपाली जनता र सरकारले दशकौँदेखि अत्यन्त कृपापूर्वक भुटानी शरणार्थीलाई आतिथ्य सत्कार प्रदान गर्दै आएको बताउँदै शरणार्थीको तेस्रो मुलुक पुनर्वास हालैका वर्षमा अत्याधिक सफल शरणार्थी व्यवस्थापन विधि बनेको बताउनुभयो ।

स्वदेश फर्कन चाहने शरणार्थीलाई फिर्ता लिनका लागि अन्तर्राष्ट्रिय समुदायले भुटान सरकारसँग आग्रह गरिरहेको भएपनि नेपालमै बाँकी रहने शरणार्थीका लागि दीर्घकालीन समाधान पत्ता लगाउनु अति महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

नेपालमा २० वर्षभन्दा लामो अवधि शरणार्थी शिविरमा बिताएकी ठटालले संयुक्त राज्य अमेरिका पुगेपछि आफू र आफ्ना सन्तानका लागि नयाँ अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम)का नियोग प्रमुख पल नर्टन र शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)का लागि नेपाल प्रतिनिधि केभिन एल्लेनले राजदूत टेप्लिज् पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

तेस्रो मुलुकमा पुनर्वासमा गएका भुटानी शरणार्थीको सङ्ख्या एक लाख पाँच हजार पुगेको छ । अमेरिकाले नेपाल सरकार, युएनएचसिआर, आइओएम तथा अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स, न्युजिल्याण्ड, नर्वे र बेलायतका सरकारसँगको समन्वयमा पूर्वी नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीलाई सन् २००७ देखि पुनर्वास गराउन थालेको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter