महिला उद्यमशीलता विकासमा जोड

Nepali Womenकाठमाडौँ, ५ असोज । उद्योगमन्त्री नविन्द्रराज जोशीले महिला उद्यमशीलता विकासले समग्र राष्ट्रको विकासको गति बढाउन सकिने बताउनुभएको छ ।

केयर नेपालले सञ्चालन गरेको सफल महिला उद्यमी अभिप्रेरणा अभियानअन्तर्गत आज आयोजना गरेको ‘लघु उद्यमशीलता विकासमा भएका नीतिगत व्यवस्था, विद्यमान चुनौती र अभ्यास’ विषयक छलफलमा उहाँले
एक सफल महिलाको उदाहरण हेरेर समाजका अन्य धेरै महिलालाई प्रोत्साहन मिल्ने धारणा राख्नु भयो ।

मुलुकमा विकासको सम्भावना प्रशस्तै भएपनि यस्ता सम्भावनाहरूको सही उपयोग गर्न नसक्दा विकासको गति सुस्त उल्लेख गर्दै उहाँले महिला उद्यमशीलता विकासमा प्रभावकारी नीति नियम र कार्य पद्धति बनाएर अघि बढ्न सरकार तयार रहेको बताउनुभयो ।

केयर नेपालकी राष्ट्रिय निर्देशक लोरा विनेनवर्गले उद्यमशिलता विकासमा नेपाल सरकारले गरिरहेको प्रयासमा सहयोगीको भूमिका निर्वाह गर्न केएर नेपाल सधै तयार रहेको धारणा राख्नुभयो ।

केयर नेपालका कार्यक्रम निर्देशक डा पपुलर जेन्टलले पछिल्लो समयमा महिला उद्यमशीलताका सफल उदाहरणहरू बढ्न थालेको र अझ व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महिला उद्यमी अभिप्रेरणा अभियान अन्तर्गत तयार गरिएको ‘उद्यमी हातहरू’ नामक उद्यमी महिलाहरूको उद्यमशिलता सम्वन्धी पुस्तक मन्त्री जोशीले सार्वजनिक गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter