अमेरिकी राष्ट्रपति ओबामा र परराष्ट्रमन्त्री डा महतबीच भेट

Barrack Obamaकाठमाडौँ, ५ असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच न्युयोर्कमा भेट भएको छ ।

परराष्ट्रमन्त्री डा महत संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा हाल संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ ।

संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख एवम् प्रतिनिधिमण्डलका नेताको सम्मानमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार साँझ न्युयोर्कमा आयोजना गर्नुभएको स्वागत समारोहमा राष्ट्रपति ओबामासँग परराष्ट्रमन्त्री डा महतको भेट भएको हो ।

सोही समारोहमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र अमेरिकी विदेशमन्त्री जोन केरीबीच सङ्क्षिप्त कुराकानी भएको छ ।

त्यस क्रममा नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको न्युयोर्कबाट मन्त्री डा महतले जानकारी दिनुभयो । कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री केरीले आफू नेपाल जान इच्छुक रहेको र यसअघि पनि आफूले नेपाल जाने योजना बनाएकामा परिस्थितिबस स्थगित भएको जानकारी गराउनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter