मेलम्ची खानेपानीको काम आगामी नयाँ वर्षमा सम्पन्न गर्न निर्देशन

melamchi-inspectionयुवराज पाण्डे र आदित्य दाहाल / सिन्धुपाल्चोक, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्धारित समयअघि नै राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनपछि आज आयोजित कार्यक्रममा उहाँले निर्धारित समयअघि नै गुणस्तरीय तरिकाले आगामी वैशाख १ गते काठमाडौँमा खानेपानी पु¥याउनु जरुरी छ भन्नुभयो । उहाँले स्थानीयवासीले माग गरेभन्दा पनि बढी खानेपानीको रोयल्टी दिइने आश्वासन दिनुभयो ।

उहाँले राष्ट्रिय आयोजनामध्ये सो आयोजनाको काम अन्यका तुलनामा सन्तोष गर्ने ठाउँ रहेको बताउँदै प्रधानमन्त्री दाहालले मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गसम्म पुग्ने सडकखण्ड निर्माणका लागि सडक विभागसँग सहमति भएको र व्यावहारिक रुपमा त्यसलाई अगाडि बढाउन निर्देशन दिनुभयो ।

कार्यक्रममा सांसद अग्निप्रसाद सापकोटाले आयोजना ढिलाइ स्थानीयवासीको कारणले नभएको उल्लेख गर्दै प्रणाली कायम भएमा काम गर्न सहज हुने बताउनुभयो । सांसद शेरबहादुर तामाङले खानेपानी पठाएबापतको रोयल्टीप्रति प्रतियुनिट रु पाँच हुनुपर्ने र सुरुङको मुख्य केन्द्रसम्म पुग्ने सडकको कालोपत्रे हुनुपर्ने माग गर्नुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त मुख्य सचिव टङ्कमणि शर्माले अर्काे दसँैसम्ममा खानेपानी आयोजनाको काम सम्पन्न हुनुपर्नेमा जोड दिनुुभयो ।

दैनिक ५१ करोड लि खानेपानी राजधानी भित्र्याउने लक्ष्य रहेको सो आयोजनाको अझै सात किमी सुरुङ निर्माणको काम बाँकी छ । अहिलेसम्म आयोजनाको २०.९७ किमी सुरुङको काम सम्पन्न भएको छ । रु २३ अर्ब ४५ करोड ८६ लाख लागतमा आव ०५५÷०५६ सालदेखि सुरु भएको आयोजनाको काम आगामी आव ०७४÷०७५ मा सम्पन्न गर्ने लक्ष्य छ ।

सो अवसरमा आयोजनाका बारेमा कार्यकारी निर्देशक घनश्याम भट्टराईले प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराउनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter