विपद् व्यवस्थापनका लागि राष्ट्रिय क्षमता बढाउन आवश्यक

disasterकाठमाडौँ, ७ असोज । भूकम्प लगायत प्राकृतिक प्रकोपका घटनापछिको व्यवस्थापनका लागि बनाइएको विधि र प्रक्रियालाई सही रुपले कार्यान्वयन गर्न राष्ट्रिय क्षमता बढाउनुपर्ने निष्कर्ष निकालिएको छ ।

नेपाली र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्र कमान्डको सहयोगमा आयोजित चारदिने विपद् व्यवस्थापन अभ्यास र आदानप्रदानबाट हामीमा भएको राष्ट्रिय क्षमतालाई बढाएमा र अन्तर्राष्ट्रिय तहबाट त्यसमा होस्टेमा हैँसा भएमा विपद्को सामना गर्न सकिने निचोड निकालिएको हो ।

विपद् व्यवस्थापनका क्षेत्रमा ख्याति कमाएका अमेरिका, बेलायत, चीन, क्यानडा, माल्दिभ्स, पाकिस्तान र मङ्गोलियाका सेना तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य मन्त्रालय, नेपाल हवाई उड्डयन प्राधिकरण र अन्य गैरसरकारी संस्थाबीच भएको छलफलबाट विपद् व्यवस्थापनको प्रभावकारी कार्यान्वयनका लागि समन्वयको आवश्यकतामा जोड दिइएको छ ।

भूकम्प लगायत ठूला विपद्का घटनापछि खोज, उद्धार र राहतका लागि एक दुई निकाय मात्र होइन, अन्तर्राष्ट्रिय शक्तिलाई पनि सही रुपमा परिचालन गरेर सङ्कटको सामना गर्न आवश्यक रहेको जनाइएको छ । गत वर्षको भूकम्पका समयमा खोज, उद्धार तथा राहतमा देखिएको कमजोरीलाई पाठका रुपमा लिएर विपद्को समयमा एकार्कामा देखिएको अक्षमता र कमजोरीलाई सुधार गरेर काम गर्ने तत्परता हुन आवश्यक रहेको जनाइएको छ ।

भूकम्पपछि व्यवस्थापनका क्षेत्रमा खटिएका सबै सुरक्षा फौज तथा सङ्घसंस्थाको अनुभव र पाठलाई एक ठाउँमा राखेर फेरि पनि मन्थन गर्न आवश्यक रहेकामा जोड दिँदै उक्त विचारविमर्शबाट भूकम्पका समयमा कतिपय समन्वयको अभावले गर्दा गैरसरकारी संस्था पनि खोज, तलास र उद्धारका लागि सैनिक मुख्य कार्यालयसँग जोडिन पुगेको घटनालाई पनि ध्यान दिन आवश्यक रहेको सुझाव आएको थियो । खासगरी छलफल विपद्का समयमा अस्पताल, विमानस्थल, पुल, हेलिकोप्टरको व्यवस्थापन र प्रयोगको बारेमा केन्द्रित थियो ।

यहाँ आज आयोजित समारोहमा समापन मन्तव्य दिँदै नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, अमेरिकी सेना एसिया प्रशान्त कमान्ड उपप्रमुख जेर्गाेरी बिल्टोन, रक्षा र गृह मन्त्रालयका सहसचिव कुलप्रसाद चुडाल र कृष्ण राउत तथा नेपाली सेनाका उपरथी विनोद श्रेष्ठले खोज र उद्धार प्रभावकारी तुल्याउन गरिएको व्यावहारिक अभ्यासबाट विपद् व्यवस्थापनका लागि समन्वयका साथ शीघ्र परिचालन भई जनधनको क्षतिलाई न्यूनीकरण गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विसं २०७२ को भूकम्पपछिको खोज, उद्धार र उपचारका लागि विश्वका ४२ मुलुकका झन्डै चार हजारभन्दा बढी सैनिक र उद्धारकर्मी नेपाल भएका थिए । त्यसबेला भएको खोज र उद्धारबाट विपद् व्यवस्थापन र पूर्वतयारीका साथै उद्धारका क्षेत्रका कार्यरत सेना र सङ्घसंस्थालाई आगामी दिनमा काम गर्न ठूलो ज्ञान मिलेको अनुभव समेत सहभागीका तर्फबाट व्यक्त गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter