‘नेपालको जल नेपालीकै लगानी’

hydropowerभक्तपुर, ८ असोज । ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ ।

आदर्श उमावि लायकुमा आज आयोजित प्रथम सितेरियो सोबुकान खुला राष्ट्रव्यापी कराँते प्रतियोगिता २०१६ को उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले सो जानकारी दिनुभएको हो ।

पुनःनिर्माणको काम पनि पूरा गर्न नेपाली खेलाडी अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले खेलकुदका क्षेत्रमा राजनीति छिर्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा मध्यपुरका समाजसेवी मदनसुन्दर श्रेष्ठले खेलका माध्यमबाट विश्व सामु नेपालीको पहिचान देखाउन खेलाडी सफल हँुदै गएकाले यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महिला बेचबिखन रोक्न उल्लेख्य भूमिका खेलेबापत अमेरिकाबाट सम्मान पाउनुभएका भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक किरण वज्राचार्य तथा मध्यपुर थिमिमा भैरवनाच पुनःसंचालन गर्न योगदान पु¥याउने अर्जुन श्रेष्ठ, फुटबल खेलमा योगदान दिने उपेन्द्रमान सिंँह, कराँतेका प्रमुख प्रशिक्षक सञ्जय श्रेष्ठ, मण्डेकाजी श्रेष्ठ र मुकुन्द महर्जनलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा काठमाडौँ उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँ, काभ्रेपलाञ्चोक, चितवन, मोरङ सिन्धुली र झापाबाट सहभागी २०० खेलाडीबीच खेल हुँदैछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter