ग्राउन्डेड एयरबसले सोमबारदेखि उडान भर्ने

Nepal Airlinesकाठमाडौँ, ८ असोज । प्राविधिक समस्याका कारण आज ग्राउन्डेड भएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को विमानले सोमबारदेखि उडान सञ्चालन गर्ने भएको छ ।

विमानको भोलि साँझसम्म मर्मत सकेर पुनः उडान सञ्चालन गरिने निगमका कर्पोरेट निर्देशक एवम् प्रवक्ता रामहरि शर्माले  जानकारी दिनुभयो ।

नेपाल एयरलाइन्सको एयरबस ३२०, नाइन एन एकेडब्लु कलसाइन सगरमाथा नामको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको थियो ।

संयुक्त अरब इमिरेट्सको आवुधावीबाट आएको उक्त विमानमा प्राविधिक समस्या देखिएपछि पाइलटले सुरक्षित अवतरण गराएका थिए । निगमले दुईवटा एयरबस र एउटा बोइङबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter