‘दोस्रो राष्ट्रिय आप्रवास सम्मेलन’ सुरु

Labor, Foreign Employmentकाठमाडौँ, ११ असोज । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले ‘दोस्रो राष्ट्रिय आप्रवास सम्मेलन’ आज यहाँ उद्घाटन गर्नुभयो । अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम), दी एसिया फाउन्डेसन, माइती नेपाललगायत आप्रवासका क्षेत्रमा क्रियाशील १४ सङ्गठनको संयुक्त अयोजनमा सो सम्मेलन सुरु भएको हो ।

आप्रवास समस्या, चुनौती र त्यसको समाधनमा केन्द्रित रहेर दुई दिनसम्म चल्ने सम्मेलनमा वैदेशिक रोजगारीका लागि जाने कामदारको अधिकार, तालिम, स्वास्थ्य समस्या, विप्रेषणको सदुपयोग, निःशुल्क टिकट र प्रवेशाज्ञाको कार्यान्वयन, घरेलु कामदारको समस्या तथा आप्रवास र मानव बेचबिखनबीचको अन्तरसम्बन्ध लगायतका विषय छलफल हुने आयोजकले बताएको छ ।

सो अवसरमा मन्त्री गुरुङले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै आप्रवास समस्या समाधान गर्नु सरकारको प्राथमिकता रहको र त्यसका लागि आवश्यक गृहकार्य सुरु गरिसकेको बताउनुभयो ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले वैदेशिक रोजगारी शोषणमुक्त हुनुपर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्नु नै अहिलेको आवश्यकता हो भन्नुभयो ।

माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले आप्रवास समस्याले नेपालमा विकाराल रुप लिए पनि त्यसको समाधानका विषयमा ढिलो बहस सुरु भएको बताउनुभयो ।

सुरक्षित आप्रवासका लागि नागरिक सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बरालले आप्रवासका विषयमा साझा धारणा तय गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter