विचलित नभै संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गर्छु – प्रधानमन्त्री दाहाल

Prachandaचितवन, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दललाई मिलाएर राष्ट्रलाई उन्नतितर्फ लैजाने जिम्मेवारी आफ्नो काँधमा आएकोे बताउनुभएको छ ।

पश्चिम चितवनको दिव्यनगरमा रहेको आदर्श माविको स्वर्ण महोत्सवको आज समापन गर्दै उहाँले गणतन्त्रका संस्थापक नेता गिरिजाप्रसाद कोइरालाको निधनपछि सबैलाई मिलाएर देशलाई समृद्घितर्फ लैजाने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभयो ।

यो जिम्मेवारीलाई रत्तिभर विचलित नभई पूरा गर्ने विश्वास दिलाउँदै उहाँले संविधान जारी गर्न सहयोग पु¥याउने र असन्तुष्ट सबै दलसँगसमेत सहकार्य गरी संविधान कार्यान्वयनमा आफू लागिपर्ने बताउनुभयो ।

आफ्नो भारत भ्रमणले नेपाल र भारतबीच विश्वासको नयाँ वातावरण पैदा गरेको उहाँको दाबी थियो ।

यसअघि दुई देशबीच सहमति भई कार्यान्वयन हुन बाँकी रहेका कार्यले मूर्तरुप पाउने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो – “भारतीय बजारमा नेपालको विद्युत् बिक्रीका लागि भ्रमणबाट नयाँ वातावरण बनेको छ ।”

हुलाकी सडक निर्माणका लागि भारतसँग दोस्रो चरणमा सम्झौता भइसकेकाले यसलाई तत्काल कार्यान्वयनमा लानेतर्फ सरकारको ध्यान गएको बताउँदै उहाँले ठोरी–केरुङ सडक नेपालका लागि महत्वपूर्ण र चीनसँगको सम्बन्ध थप सुधारका लागि कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।

लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा पश्चिम चितवनका बासिन्दाले हैरानी बेहोर्दै आएको भरतपुर–चनौली–गोलाघाट सडकको मर्मतसम्भार ढिलाइकाबारे आफँैले बुझ्ने र अनुगमनको जिम्मा स्वयम् प्रभानमन्त्री कार्यालयले गर्ने उहाँले बताउनुभयो ।

गृहजिल्ला चितवन भएर पनि बाहिरी जिल्लाबाट चुनाव लड्दै आउनुभएका प्रधानमन्त्री दाहालले प्रतिस्पर्धात्मक राजनीतिमा गृहजिल्लाको महत्व हुने भन्दै यसको विकासका लागि आफ्नो विशेष चासो रहेको स्पष्ट पार्नुभयो । आदर्श माविलाई कृषि प्राविधिक शिक्षालय बनाउन सरकारले पहल गर्ने पनि वचनबद्धता पनि उहाँले प्रकट गर्नुभयो ।

सो अवसरमा पूर्वउपप्रधानमन्त्री अमिक शेरचन र विद्यालयका पूर्वअध्यक्ष पृथ्वीमान गुरुङले शैक्षिक विकासका क्षेत्रमा सो विद्यालयले पु¥याएको भूमिकाबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक पूर्वअध्यक्ष र चन्दादातालाई सम्मान गरिएको थियो । विद्यालयको स्वर्णस्तम्भ र मञ्चको उद्घाटनका साथै संस्थापक अध्यक्ष स्व हरिप्रसाद गुरुङको सालिकसमेत प्रधानमन्त्री दाहालले अनावरण गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter