करिब दुई लाख घरको सबलीकरण हुने

Nepal Reconstruction Authorityकाठमाडौँ, १३ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकप्पपीडितको आवास निर्माणका लागि अब निर्माण सामग्री र आवश्यक कर्मी (डकर्मी, सिकर्मी, कालीगढ)को व्यवस्थापन कार्यलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज ललितपुरमा आयोजित नियमित पत्रकार भेटघाटमा लाभग्राहीको सूचीमा परेका र भूकम्प प्रतिरोधी घर निर्माण गरेकाहरुलाई अनुदान प्राप्तिमा अब कुनै समस्या आउन नदिइने प्रतिबद्धता जनाउनुभयो ।

भूकम्पपछिको पुनःनिर्माण सम्बन्धमा हालसम्म करिब १५ हजार प्राविधिक जनशक्ति उत्पादन भएको जानकारी दिँदै उहाँले अब छिट्टै १५ हजार घर निर्माण गर्ने जनशक्ति उत्पादन गरिनेछ भन्नुभयो । “आवास निर्माण गर्दा स्थानीय स्रोतसाधनको प्रयोगलाई प्रोत्साहन गरिनाका साथै निर्माण सामग्री सङ्कलनमा अब जोड दिइनेछ” उहाँले जोड दिनुभयो ।

प्राधिकरणका कार्यमा सरकार र सबै राजनीतिक दलका तर्फबाट पूर्ण सहयोग प्राप्त भइरहेको जनाउँदै ज्ञवालीले भन्नुभयो, “पुनःनिर्माणमा संलग्न गैरसरकारी संस्थाको कामलाई पनि प्रक्रिया र विधिसम्मत बनाउन अनुगमनलाई प्रभावकारी बनाइने छ ।”

भूकम्पबाट क्षति भएका करिब सात लाख ५० हजार आवासको निर्माण हुने तथा आंशिक क्षति भएका करिब दुई लाख घरको भने सबलीकरण गरिने उहाँले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter