शान्तिको मर्म युद्धबाट आएकालाई नै बढी थाहा हुन्छ ः प्रधानमन्त्री

Prachandaकाठमाडौँ, १६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तिको मर्म र भावना युद्ध र विद्रोहबाट आएकालाई नै सबैभन्दा बढी अनुभूत हुने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा गान्धी जयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले यहाँ आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गान्धीले शान्ति अहिंसाको मार्गबाट समाजलाई परिवर्तन गर्नुभए पनि राष्ट्रिय आवश्यकता र समाजको चाहनाले राजनीतिमा हिंसाको प्रयोग भए त्यसले अन्ततः शान्तिको मार्गमा नै डोहो¥याउने बताउनुभयो ।

आफू र स्व गिरिजाप्रसाद कोइरालाले मुलुकको हित र चाहनालाई आत्मसात् गर्दै १२ बुँदे सहमति, शान्ति सम्झौतामार्फत मुलुकलाई शान्तिको मार्गमा डोहो¥याएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मुलुकको हितका लागि हामीले गरेको प्रयास र प्रयत्नलाई लेखक तथा पत्रकारले विष्लेषण गरेर विश्व समुदायलाई जानकारी गराउनुपर्दछ ।”

उहाँले शान्ति र संविधानको मार्गबाट मुलुक अगाडि बढेको र त्यसलाई समृद्ध पार्न सबैको साथ र सहयोगको जरुरी रहेको आवश्यकता आँैल्याउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “संविधानको सर्वस्वीकार्यता बढाउन र त्यसको अपनत्व बढाउनका लागि सरकार प्रयत्नशील छ । राजनीतिक दल त्यसमा इमान्दार भएर लाग्नुपर्दछ । गिरिजाप्रसाद कोइराला र मैले सुरु गरेको शान्तिको मार्गलाई फराकिलो बनाएर मुलुकलाई समृद्ध र स्थिर बनाउनु आजको आवश्यकता हो ।”

राजनीतिक दल र सरोकार भएका पक्षले ध्यान नदिने हो भने शान्ति र संविधानको प्रक्रिया धरापमा पर्नसक्ने भन्दै उहाँले मुलुकको विशिष्ठता र आवश्यकतालाई ख्याल गरेर अगाडि बढ्न र सकारात्मक सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले गान्धीवाद र माओवादको संष्लेषण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “नेपालमा दुवै खालको विचारको नयाँ प्रयोग भएको छ । विष्लेषक, पत्रकार तथा लेखकले त्यसलाई सैद्धान्तिकीकरण गरेर विश्व समुदायलाई सन्देश दिनुपर्दछ ।”

उहाँले नेपालको विशिष्ठ र मौलिक प्रकारको शान्ति प्रक्रियाले समग्र दक्षिण एसियालाई प्रभाव पारेको भन्दै मुलुकमा भएको ऐतिहासिक प्रयोगबाट विश्व समुदायले शिक्षा लिनसक्नेछ भन्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई सर्वस्वीकार्य बनाएर मुलुकलाई समृद्ध बनाउनु प्रमुख आवश्यकता रहेको भन्दै प्रधानमन्त्रीले नेपालमात्रको हितका खातिर सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेस र आफ्नो पार्टीले सुरु गरेको शान्ति र संविधानको मार्गलाई पूर्णता दिन आफूहरु लागिपरेको र सोही दिशामा सबैलाई डोहो¥याएर अगाडि लैजाने प्रधानमन्त्रीको भनाइ थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले शान्ति र अहिंसाको मार्गबाट नै मुलुकलाई अगाडि बढाउन सकिने बताउनुभयो । भारत, दक्षिण एसियालगायत विश्व नै अशान्ति र अहिंसाको चपेटामा परेको भन्दै उहाँले नेपालबाटै विश्व समुदायलाई सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफ्नो पार्टीले पनि विगतमा हतियारको राजनीति गरेको स्पष्ट पार्दै अशान्ति र अहिंसाबाट भन्दा शान्तिपूर्ण मार्गबाटै समाज र मुलुकको परिवर्तन गर्न सकिने धारणा राख्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले राजनीतिक स्थिरता भएमात्रै मुलुक र समाजले गुणात्मक फड्को मार्ने बताउनुभयो । नेपाल जस्तै गरिब अवस्थामा रहेका मुलुक राजनीतिक स्थिरताका कारण आर्थिक समृद्धिको उच्च बिन्दुमा पुगेको उहाँको भनाइ थियो ।

पत्रकार तथा लेखक किशोर नेपाल, होमनाथ दाहाल, नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसालले शान्ति र अहिंसाको मार्गबाटै समाजलाई समृद्ध र समुन्नत बनाउन सकिनेमा जोड दिनुभएको थियो । नेपालका लागि भारतका राजदूत रणजित रायले सोचमा नै अहिंसा भएमात्रै मुलुक र समाज शान्त र समृद्ध हुनसक्ने धारणा राख्नुभयो ।

उहाँले भारत सीमापार आतङ्कवादको चपेटामा परेको, दक्षिणपूर्वमा निरन्तर हिंसा फैलिरहेको भए पनि गान्धीवादलाई अनुशरण गरेर उनीहरु शान्तिको मार्गमा फर्कनुको कुनै विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले आफूले सञ्चारकर्म गर्दा भोगेको, अनुभव गरेको एवम् समाजलाई सञ्चारकर्मीको आँखाबाट देखेकोलगायत विभिन्न अनुभव सँगालेर लेख्नुभएको पुस्तक ‘मेरो पत्रकारिता’को प्रधानमन्त्री दाहालले विमोचन गर्नुभयो ।

यस्तै, कार्यक्रममा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले प्रकाशन गरेको स्मृति स्मारिका चतुर्थ सोपान र प्रा डा रामचन्द्र प्रधानद्वारा लिखित एवम् शङ्कर तिवारीद्वारा अनुदित गीता ज्ञान प्रवेशिकाको समेत लोकार्पण गरिएको थियो ।

अहिंसावादी आन्दोलनका प्रणेता महात्मा गान्धीको स्मृतिमा हरेक वर्ष अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाइँदै आएको छ । संयुक्त राष्ट्रसङ्घले समेत सो दिवसलाई मान्यता दिएको छ ।

प्रमद्वारा अस्पतालको निरीक्षण

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले आज महेन्द्रनारायण निधि अस्पतालको निरीक्षण गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले महेन्द्रनारायण स्मृति प्रतिष्ठानले बसुन्धरामा सञ्चालन गरेको उक्त अस्पतालको निरीक्षण गरी अस्पतालबाट प्रदान हुँदै आएको सेवा, सुविधाबारे जानकारी लिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनहरि तिमिल्सनाले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter