दश वर्षपछि उपत्यका बाहिर साझा बस

Sajha Yatayatकाठमाडौँ, १६ असोज । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी आजदेखिसेवा विस्तार गरेको छ ।

दश वर्षपछि पहिलो पटक आजदेखि साझाले आफ्नो सेवा उपत्यका बाहिर विस्तार गरेको हो । दसँैमा घर जाने यात्रु बोकेर पहिलो पटक साझा बाग्लुङ र गोरखाका लागि छुटिसकेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

लामो समयपछि आज पहिलो दिन काठमाडौँदेखि बाग्लुङ र काठमाडौँ—गोरखाका लागि दुई दुई बस बिहान ८ बजेदेखि उपत्यकाबाट बाहिरिसकेका छन् । पाण्डेका अनुसार अब एक दई दिनमा साझा बस चढेर दसैँ मान्नका लागि वीरगन्ज जान पाउने छन् ।

विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२÷६३ देखि पूर्ण रूपमा लामो दूरीमा साझाका बस सञ्चालन हुन छाडेको थियो । झन्डै दुई हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यका बाहिर सञ्चालन गर्न लागेको बस नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेका बस नै हुन् ।

सेवा विस्तार गरिएको स्थानमा जानका लागि यात्रुले पुल्चोक र कलङ्कीबाट टिकट काट्न पाउनेछन् । उक्त बसमा एक पटकमा बसेर ५५ जनाले र केहीले उठेर पनि यात्रा गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter