स्वास्थ्य मन्त्रालयको स्वास्थ्य ठीक गर्न आएको छु : स्वास्थ्यमन्त्री थापा

Gagan Thapaधनगढी, १८ असोज । सेती अञ्चल अस्पताल धनगढीमा आजबाट डायलसिस सेवा दिने गरी हेमो—डायलसिस, एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया सेवा सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालय र मानव अङ्ग प्रत्यारोपण केन्द्रको सहयोगमा पहिलोपटक यी सेवा सुरु गरिएको हो । होमो—डायलसिस सेवा किड्नीको उपचारसम्बन्धी सेवा हो ।

यस्तै एचआइभी भाइरल लोड सेवा एचआइभीको आधुनिक जाँच सेवा हो । सिकलसेल एनिमियाका रोगीको उपचारका लागि सिकलसेल एनिमियाको उपचार सेवा सुरु गरिएको हो । यी तीनवटै सेवाका लागि करिब रु तीन करोड ५० लाख मूल्यबराबरका अत्याधुनिक मेसिन उपकरणको व्यवस्थासहित अस्पतालमा सेवा सुरु गरिएको हो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले यी सेवाको आज शुभारम्भ गर्नुभयो । सो अवसरमा मन्त्री थापाले स्वास्थ्य उपचारका लागि नागरिकले काठमाडौँ वा अन्यत्रै गएर उपचार गर्नु नपर्ने व्यवस्थाका लागि मन्त्रालयले प्रयास गरिरहेको बताउनुभयो ।

बिरामीको उपचार गर्ने सवालमा अञ्चल अस्पताल मेरुदण्डका रुपमा रहेको भन्दै मन्त्री थापाले भन्नुभयो—“अस्पतालको परिसरमा बिरामी आइसकेपछि उसले उपचारका लागि बाहिर जानुपर्ने अवस्था आउनु हुँदैन । अस्पतालमा दक्ष जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

मन्त्रालयमा भएको बजेट खर्च हुन नसक्ने यसअघिको अवस्थालाई तोड्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो—“म स्वास्थ्य मन्त्रालयको स्वास्थ्य ठीक गर्न आएको हुँ ।”

समारोहमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सूर्यबहादुर गुरुङ र अस्पताल विकास समितिका अध्यक्ष यज्ञराज पाण्डेयले अस्पतालले पु¥याएको सेवासुविधा र थप्नुपर्ने अन्य उपचार सेवा र पूर्वाधारका विषयमा बोल्नुभएको थियो ।

विसं २०४० मा अञ्चल अस्पताल बनेको १५० श्ययाको सेती अञ्चल अस्पतालमा पछिल्लो केही महिनादेखि आइसियु (सघन उपचार कक्ष) सेवासमेत सञ्चालनमा आएको छ । अस्पतालमा १९ जनाको दरबन्दी रहेकामा दरबन्दीअनुसारका चिकित्सक नभएको एवम् दक्ष चिकित्सकको अभाव रहेको कारण उपचार सेवा प्रभावकारी र गुणस्तरीय हुन सकिरहेको छैन । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter