‘पाल्पा दरबार सङ्ग्रहालय’ पर्यटक आकर्षणको केन्द्र

palpa-darbarकृष्ण दर्नाल / पाल्पा, १८ असोज । ‘पाल्पा दरबार सङ्ग्रहालय’ को कार्यालय स्थापना भएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ । तानसेनस्थित बहुउद्देश्यीय दरबार सङ्ग्रहालय क्षेत्रको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो ।

‘पाल्पा दरबार सङ्ग्रहालय’ मा सङ्ग्रहणीय सामग्री नभएपछि दैनिक ३० देखि ५० को हाराहारीमा पर्यटकले अवलोकन गर्दै आएको पाल्पा दरबारमा सङ्ग्रहालयका प्रमुख विष्णु खनालले बताउनुभयो । पाल्पा दरबार पुरानै मोडलमा पुनःनिर्माण भएपछि पाल्पा दरबार अवलोकन गर्न बढी जिज्ञासु बनेको पाइन्छ ।

राणाकालीन समयमा निर्माण भएको पाल्पा दरबार २०६२ माघ १८ माओवादी आक्रमणबाट ध्वस्त भएको थियो । ध्वस्त दरबार निर्माणकार्य पूरा भएपछि पनि पर्यटक दरबार अवलोकन गर्नबाट वञ्चित हुँदै आउनुपरेको स्थानीयको भनाइ रहेको छ ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको दरबार अहिले पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । आक्रमण अघि पाल्पा दरबारमा प्रशासनिक कार्य हुँदै आएकोमा दरबार पुनःनिर्माणपछि प्रयोगविहीन अवस्थामा रहेको थियो ।

विसं २०६४ असार ३१ देखि निर्माण कार्य सुरु गरेर २०७० भदौ २० गते निर्माण काम सम्पन्न दरबारलाई सङ्ग्रहालय बनाउने निर्णय गरेपछि पाल्पा दरबारको महत्व अझै बढेको हो ।

जङ्गबहादुर राणाका भाई वद्रीनरसिंहले विसं १९११ देखि १९३० को अवधिमा निर्माण गरेको हुनसक्ने अनुमान छ । सिंहदरबारको मोडलमा बनाएको दरबार भत्केपछि प्रताप शमशेरले १९८२ मा पुनःनिर्माण थालनी गरी १९८२ मा दरबारको निर्माण काम पूरा गरेको ऐतिहासिक तथ्य भेटिएको छ ।

पाल्पा दरबारको भुइँतलामा १३ कोठा, एक शौचालय, दुई झ्याल पहिलो तलामा १३ कोठा, एक शौचालय, दोस्रो तलामा १५ कोठा र दुई शौचालयको दरबार पुरानै मोडलमा पुनःनिर्माण भएकोले पनि यसको महत्व रहेको सङ्ग्रहालयका प्रमुख विष्णु खनालले बताउनुभयो ।

गत वर्षको माघ ३ गते पाल्पा दरबारमा सङ्ग्रहालयको कार्यालय रहेपछि जिल्ला आएका पर्यटक दरबारभित्र प्रवेश गर्न थालेपछि चहलपहल पनि बढेको प्रमुख खनालले बताउनुभयो ।

सङ्ग्रहालयको कार्यालय स्थापना भएपछि सङ्ग्रहालयले प्रवेश शुल्क भने उठाएको छैन । पाल्पाको पर्यटकीय स्थल, जात्रा आदिबारे पाल्पाको चिनारीका लागि ५२ इन्चको टिभी जडान गरिए पनि सोको प्रयोगमा आउन सकेको छैन । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter