खसीबोकाःपहिलो किनिन्थ्यो, अहिले बेचिन्छ

goatsधादिङ, २२ असोज । गत वर्षमा उत्तरी धादिङको मूलपानी गाविसवासी सात सयभन्दा बढी खसीबोका खरिद गर्थे ।

मोटो रकम दसैँको खसीबोका किन्दा बाहिर जान्थ्यो । पैसा मात्र बाहिर जाँदैन थियो गाउँमा गरिबपना पनि बढ्दै गएको थियो । एक वर्षभन्दा पहिलेदेखि गाउँवासीले सबैले पशुपालनलाई व्यावसायिक रुपमा सुरु गरेपछि यस वर्षदेखि दसैँमा ठूलो मात्रामा खसीबोका बिक्री भएको गाविसका पूर्वअध्यक्ष शम्भु थापाले बताउनुभयो ।

दसैँका बेलामा खसी किनेर दसैँ मनाउने मूलपानीकी हेमकुमारी रिजालले यस वर्ष पाँच खसी बिक्री गर्नुभयो । दसैँ मान्दा ऋण लागेर बर्सेनि साहुका घरमा जानुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ ।

गाउँमा खसी ल्याएर बिक्री गर्नुपर्ने अवस्था रहेको मूलपानीमा यस वर्ष आफैँले गाउँमा उत्पादन भएको खसीबोका काठमाडाँैसम्म लगेर बिक्री गरेको कृष्णबहादुर थापाले बताउनुभयो । हेफ नामक अन्तर्राष्ट्रिय संस्थाले सहयात्री समाज नामक गैरसरकारी संस्थामार्फत सबै घरमा पशुपालनका लागि सहयोग गर्दै व्यावसायिक क्षेत्र बनाउने घोषणापछि गाउँमा उत्पादन बढेको हो । यस वर्ष ४०० भन्दा बढी खसीबोका बिक्री भएको र अर्को वर्ष अझ धेरै बिक्री गर्ने र गाउँलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको उहाँको भनाइ छ ।

कृषकलाई घाँस लगाउन प्रोत्साहन गर्दै बाख्रापालनमा जोड दिइएको र सबै उत्पादनमा लागेकाले गाविस व्यावसायिक बन्दै गएको सहयात्री समाजकी अम्बिका रुपाखेती बताउनुहुन्छ । ग्रीनगोट जातको बाख्रा यस क्षेत्रमा राम्रो भएकाले व्यावसायिक रुपमा अघि बढाउन कृषि विकास कार्यालयले समेत प्राविधिक रुपमा सहयोग उपलब्ध गराएको थापाले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter