लाङ्टाङमा पर्यटक आगमन सुरु

tourists-visiting-Nepalरसुवा, २३ असोज । नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङ्टाङ क्षेत्रमा पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ ।

पर्यटन व्यवसायी ढिण्डुप तमाङका अनुसार हिमाली पदयात्रामा दैनिक आठ÷दशजना पर्यटकको आगमन हुन थालेकाले लाङ्टाङ तथा क्याङ्जेन क्षेत्रको रौनकता बढ्दै गएको छ ।

भूकम्पपछि ठाउँठाउँमा पर्यटकीय होटेल, लज र चिज उत्पादन कार्य सञ्चालन भइसकेको, पुनःनिर्माणका कार्य धमाधम अगाडि बढिरहेको, पुनःनिर्माणअन्तर्गत १०÷१५ वटा नयाँ आवास निर्माण भइसकेको बताइएको छ ।

भूकम्पपछि कुनैबेला मानवविहीन क्षेत्रमा दाताहरुको सहयोग र स्थानीय बासिन्दाको सक्रियतामा पुनःनिर्माणका कार्य धमाधम अगाडि बढिरहेको र अब छोटै अवधिमा लाङ्टाङको पुनःनिर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको लाङ्टाङ व्यवस्थापन पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा लामाले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter