दसैँ बिदा मनाउने आन्तरिक पर्यटकले होटल भरिभराउ

Mustang Villageमुस्ताङ, २७ असोज । दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन् ।

दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण दसैँ र तिहारको बिदा मनाउन यो मौसममा हजारौँ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । बेनी–जोमसोम हुँदै मोटरसाइकलमार्फत जिल्ला भित्रिने पर्यटक बढी रहेको होटल व्यवसायीले बताएका छन् ।

दसैँलगत्तै जिल्लामा आन्तरिक पर्यटकको आवागमन बढेको मुस्ताङका पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले जानकारी दिनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जिल्लामा भित्रिने आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि यो मौसममा बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको जनाएको छ ।

खासगरी पछिल्लो तीनवर्षयता नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास भएका कारण जिल्लाको पर्यटन क्षेत्र अहिले आन्तरिक पर्यटककै भरमा सञ्चालन हँुदै आएका छन् ।

दसैँ सुरु हुनुअगावै मुस्ताङका ५० प्रतिशत होटल अग्रिम बुकिङ भएका थिए । तिहारसम्म पर्यटकको चहलपहल यस्तै हुने व्यवसायीले बताएका छन् । “लेतेदेखि माथि लोमान्थाङसम्म करिब १५० होटल सञ्चालनमा छन्, अहिले सबै भरिभराउ छन्”, पर्यटन व्यवसायी तुलाचनले भन्नुभयो – “एकदमै राम्रो व्यापार भइरहेको छ ।” यो मौसममा विद्यार्थी, अभिभावक, विभिन्न सङ्घसंस्थामा कार्यरत कर्मचारी मुस्ताङ भ्रमणमा आउने गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter