ब्रिक्स सम्मेलनलाई अवसरका रुपमा लिनुपर्ने

bricsकाठमाडौँ, २७ असोज । भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा भाग लिन जाँदा प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपतिसँगको भेटमा अघिल्लो सरकारले चीनसँग गरेका विभिन्न सन्धिसम्झौता छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने सुझाव दिइएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगन हुनाले नेपाल सरकार असफल भएको विचार व्यक्त गर्नुभयो ।

परराष्ट्रविद् मधुरमण आचार्यले नेपालका लागि छिमेकी देश भारत र चीन उत्तिकै महत्वपूर्ण रहेकाले दुवैसँग सन्तुलित नीति अपनाउनुपर्ने बताउनुभयो ।

पूर्वराजदूत डा शङ्कर शर्माले पछिल्लो समय नेपालको परराष्ट्र नीति सन्तुलित नभएको भन्ने आशङ्का पैदा भएकाले प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आश्वस्त पार्न सक्नुपर्ने बताउनुभयो ।

परराष्ट्रविद् डा निश्चलनाथ पाण्डेले आठौँ ब्रिक्स सम्मेलनमा नेपालकातर्फबाट प्रधानमन्त्रीले भाग लिन पाउनु ठूलो अवसर भएको बताउँदै सार्क सम्मेलन स्थगन भएको अवस्थामा त्यसको बैठकका लागि नेपालले प्रयत्न गर्नुपर्ने विचार राख्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter