लुगा सिउँदै, जीवन जिउँदै ग्रामीण महिला

tailoringधनवीर महतो / महोत्तरी, २९ असोज । अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस आज नेपाललगायत विश्वभरी मनाइ रहँदा वर्षौदेखि चुलोचौको, घाँस दाउरामा सीमित महोत्तरी जिल्लाको ग्रामीण भेगका महिला लुगा सिउने सीप सिकेर घर बसिबसी मनग्य आम्दानी गरिरहेका छन् ।

वर्षैांवर्षदेखि घुम्टोभित्र जीवन जीउँदै आएका मधेसका महिला सिलाइकटाइ सम्बन्धी सीप आर्जन गरेर आत्मनिर्भर बनिरहेका छन् ।

प्रशिक्षण लिएर ग्रामीण भेगकी महिला दिदीबहिनीले मासिक हजारौँ कमाउन सफल भएका छन् । सिलाइ सिकेर टे«लर व्यवसाय सञ्चालन गरेपछि घरखर्च चलाएर उनीहरुले मासिक बचत पनि गरिरहेका छन् ।

जिल्लाको हतिसर्वा– ६ की २१ वर्षीया नगीनाकुमारी चौधरी घरको दैनिक काम पनि सिध्याउँछिन् । कक्षा ११ सम्म पढेकी उनी कपडा सिउने सीप सिकेर महोत्तरीको गौशाला बजारमा लुगा सिउने व्यवसाय सञ्चालन गरिरहेकी छिन् । लुगा सिलाएर उनले मासिक रु १० हजारदेखि रु १५ हजारसम्म हात पार्छिन् ।

गाउँमै १५ महिने सिलाइकटाईको तालिम लिएपछि नगिनाको दिन फेरिएको छ । बिहानबेलुका घरको कामकाज गर्ने र बाँकी समय पसलमा आएको लुगा सिलाउन उनी व्यस्त रहन्छिन् ।

सीप सिकेर ‘सिलाई’ व्यवसाय सञ्चालन गरेपछि नगिनालाई अरुको सहारामा बाँच्नुपर्ने बाध्यता हटेको छ । सीप सिकेपछि अब केही गर्नुपर्छ भनेर उनको मनोबल पनि बढेर गएको छ । उनी भन्छिन्, “मलाई स्वरोजगारप्रति गर्व महसुस हुन्छ । सीपले मानिसलाई परनिर्भता हुनबाट जोगाउँछ ।”

यता श्रीमान्को कमाइले घर चलाउन धौधौ पर्न थालेपछि महोत्तरी बेलगाछी– ३ की ३४ वर्षीया रुवी यादवले पनि सिलाइ सिकेर (टेलर्स) खोलेपछि उनको पनि दिन फेरिएको छ । ‘उनी अचेल सिलाइ सिकेर घरायसी समस्याको चाङलाई छिचोल्दै सिलाइ सिकेर घरको नुन तेलको जोहो गर्न सकेकी छिन् ।’ उनी भन्छिन्,“सिलाइ कटाइको आम्दानीले घरखर्च चलिरहेको छ । सीप सिकेपछि आनन्द महसुस भइरहेको छ ।”

उता साहुसँग ऋण लिएर दुई वर्षअघि गाँउमै सिलाइकटाई व्यवसाय सुरु गरेकी गौशाला– १ की २५ वर्षीया सञ्जुकुमारी पनि टेलर्स चलाएर छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाएर उज्वल भविष्यको सपना बुन्दै छिन् ।

किसाननगर– ७ की १९ वर्षीया कविताकुमारी सिंह समयको परिवर्तनसँगै समाजमा रेडिमेड एवम् ‘फेसन ड्रेस’ लगाउने होडबाजीको समयमा प्रायः गृहिणीहरुले आफूकहाँ कपडा सिलाउन आइरहेको बताइन् ।

मेला, पर्व एवम् उत्सवमा कामको चटारो बढी हुने भएकाले अहोरात्र भ्याइनभ्याई काम गर्नुपर्ने हुन्छ, उनले भनिन्, ‘विवाह, चाडपर्वमा राति सुत्ने फुर्सद पनि हुदैन ।”

जानेका महिला सिलाइकटाई गरी स्वरोजगार बन्नु उदाहरणीय कार्य भएको जानकार बताउँछन् । फुर्सदको समय सदुपयोगसँगै आर्थिक लाभले महिलालाई स्वावलम्बी बनाउनको लागि सहयोग पुगेको गौशालाकी शिक्षिका सुनिताकुमारी महतो बताउँछिन् ।

सरकारले गृहिणी महिलालाई लक्षित गरी सिलाइकटाई लगायत अन्य सीपमूलक कार्यक्रम गाउँगाउँमा पु¥याउनुपर्ने महतोले बताइन् ।

जिल्लाको गौशाला नगरपालिका– ७ की ३० वर्षीया रिना यादव सिलाइ सम्बन्धी प्रशिक्षण दिँदै आएकी छिन् । आफ्नै घरमा चारवटा सिलाइ मेसिन राखेर प्रशिक्षण दिँदै आएकी छन् ।

एक महिला सिलाइकटाई तालिम केन्द्रबाट ६ महिने प्रशिक्षण लिएर कपडा सिलाइ गर्दैआएकी रिनाले हालसम्म सातजनालाई सिलाइ सम्बन्धी सीप सिकाइसकेको बताइन् ।

कपडा सिलाई (टेलरिगं) व्यवसायबाट महिला दिदीबहिनीले मासिक सरदर रु १५ हजार भन्दा बढि कमाउँदै आएका छन् ।

विश्व जनसंख्याको एकतिहाई हिस्सा ग्रामीण महिलाको छ । ति ग्रामीण महिला जीविकोपार्जनका लागि प्राकृतिक स्रोत र कृषिमा निर्भर रहेका छन् । ४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरको रुपमा काम गर्ने गरेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ ।

ग्रामीण महिलाले परिवारका लागि चाहिने खाद्यान्नको उत्पादन तथा त्यसको व्यवस्थापन गर्ने भएकाले खाद्य सुरक्षाका लागि उनीहरु योग्दान निकै महत्वपूर्ण रहेको राष्ट्रसंघले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter